Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छः कानूनमन्त्री तुम्बाहाङ्फे

अपडेट by अपडेट
१ आश्विन २०७७
0
SHARES
21
VIEWS
FacebookTwitter
संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छः कानूनमन्त्री तुम्बाहाङ्फे
ADVERTISEMENT

काठमाडौँ, १ असोज / 

नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट बनेको नेपालको संविधान यही असोज ३ गते चार वर्ष पूरा गरी पाँचौँ वर्षमा यही असोज ३ गते प्रवेश गर्दैछ ।

संविधान दिवसका अवसरमा नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेसँग लिएको अन्र्तवार्ता ः

 संविधान कार्यान्वयन गर्न आवश्यक सबै कानून बनिसके त ?

कानूनमन्त्रीः संविधान पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानूनहरु बनिसकेका छन् । संविधानअनुकूलका कानूनहरु स¬ङ्घमा १५८ निर्माण भएका छन् । प्रदेश नं १ मा २६ वटा र चार स्थानीय तहमा चारचार कानून, प्रदेश नं २ मा २१ वटा र स्थानीय तहमा दुई कानून, वाग्मती प्रदेशमा २४ वटा र १३ स्थानीय तहमा १३ कानून, गण्डकी प्रदेशमा २७ र १८ स्थानीय तहमा १८ वटा कानून, प्रदेश नं ५ मा ३१ र दुई स्थानीय तहमा सात वटा कानून, कर्णाली प्रदेशमा २१ र १९ वटा स्थानीय तहमा १९ कानून तथा सुदूरपश्चिम प्रदेशमा २७ वटा र ८८ स्थानीय तहमा १०३२ कानून बनेका छन् ।

संविधानअनुकूल बनाउनुपर्ने कानूनहरु बनिसकेका छन् । मौलिक हकका कानूनमा खाद्य सम्प्रभुता र आवास हकको नियमावली बन्ने क्रममा छ । कोरोना भाइरसको जोखिमका कारणले यो थोरै ढिलाइ भएको छ । बाँकी सम्पूर्ण मौलिक हकका कानून र नियमावली बनेर लागू भइसकेको अवस्था छ । संविधानअनुसार तीन तहको सरकारले काम गरिरहेको अवस्था छ ।

कानून बनाउन केन्द्र सरकारले प्रदेशले सरकारलाई सहयोग नगरेको भन्ने आइरहेको छ । संविधानका कार्यान्वयनका लागि तीन तहका सरकारबीच सुमधुर सम्बन्ध हुनुपर्ने होइन ?

कानूनमन्त्रीः तीनै तहका सरकारबीच सुमधुर सम्बन्ध छ । कहीँकतै समस्या छैन । मैले पनि प्रदेशले सङ्घले अधिकार कटौती ग¥यो भनेको सुनेको छु । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकार संविधानले नै सुनिश्चित गरेको छ ।

त्यहीअनुसार काम गर्ने हो । तीनै तहको सरकारको सम्बन्ध कानूनमा तोकिएबमोजिम नै छ । मुलुक सङ्घीयतामा पहिलो पटक प्रवेश गरेको हो । त्यसका लागि अध्ययन र कानून बनाउने प्रक्रियामा केही समय लाग्न सक्छ । यही केही समय लाग्दाखेरि तीन तहका सरकारको अन्तर्सम्बन्ध कमजोर भयो ।

एक अर्काको अधिकार कटौती भएको भन्ने होइन । संविधानअनुरुप सङ्घको कानून बनाएर प्रदेशलाई मस्यौदा पठाई त्यहीअनुरुप प्रदेश कानून बनाउने काम गरिएको छ । सङ्घले गर्ने समन्वयकारी भूमिका पूरा गर्दै आएको छ ।

 संविधान संशोधन गर्न आदिवासी जनजाति, महिला, मधेशी, दलितले आवाज उठाइरहेका छन् । सरकारले आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भनेको छ । यो अलि अमूर्त भाषा भयो । संशोधन कहिले हुन्छ ? तपाईँ महिला र जनजातिबाट आएको कानूनमन्त्री भएको दृष्टिकोणबाट हेर्दा कुन कुन विषयमा संविधान संशोधन गर्नुपर्छ भन्ने लाग्छ ?

कानूनमन्त्रीः संविधान संशोधन भन्ने सामान्य कुरा होइन । राजनीतिक रुपले छलफल र बहस चलाउनुपर्छ । अनि मात्र निष्कर्षमा पुग्नुपर्छ ।

महिला, आदिवासी वा दलित भएको हिसाबले हेर्दा पनि सबैले पाउने अधिकार संविधानमा छ । लिङ्ग, जातीय वा भाषिक कुनै पनि हिसाबले विभेद गरेको छैन । मलाई अधिकार कम छ भन्ने लागेको छैन । पहिलाको संविधानजस्तो यो संविधान होइन । पहिलाको संविधानमा महिलालाई मताधिकार समेत थिएन ।

अहिले त्यस्तो अवस्था होइन । महिला, जनजाति, दलित, मधेशी सबैको अधिकारको व्यवस्था संविधानमा छ तर कार्यान्वयनमा जानुपर्ने जरुरी छ । यसैलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके हुन्छ । त्यसका लागि महिलाले पनि आफ्नो क्षमता बढाउन जरुरी छ ।

 संविधानले राज्यका प्रत्येक निकाय तथा राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्मा जम्मा तीन महिला (१२ प्रतिशत) छन् । प्रदेशमा मुख्यमन्त्रीमा महिला नै छैनन् । प्रदेश प्रमुखमा एक मात्र महिला हुनुहुन्छ । हाल दुई जना महिला मात्र राजदूत भएको अवस्था छ । मुलुकमा महिलाको जनसङ्ख्या ५१ प्रतिशत रहेको छ । संविधानले व्यवस्था गरेको ३३ प्रतिशतको माग पूरा नपाएको अवस्था छ । बरु ५१ प्रतिशतको कुरा उठाए ३३ प्रतिशत सुनिश्चित होला कि ? बलियो पुरुषसँग कमजोर महिला उम्मेदवार उठाउने चलन छ । महिलामहिलाबीच प्रतिस्पर्धा गराउँदा महिला सहभागिता बढ्ने थियो कि ?

कानूनमन्त्रीः संविधानमा महिलाको सहभागिता सुनिश्चित भयो तर व्यवहारमा लागू गर्न सकिएको छैन । संविधानले महिलालाई सँगै अघि बढाएर लैजाऊ भनेको छ । जबसम्म नेतृत्वमा बसेका महिला वा पुरुषको चेतनामा समानताको भावना आउँदैन तबसम्म यस्तै अवस्था रहन्छ । त्यसले गर्दा मन्त्रिपरिषद्, राजनीतिक दलमा पनि त्यस्तै छ । राजनीतिक दल अनि सोचाइमा परिवर्तन ल्याउनु जरुरी छ ।

यो मन्त्रालयमा आएपछि मैले महिलाको विषयमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने लागिरहेको थियो । अहिले कानून र प्रणालीको विकासमा प्रयत्न भइरहेको छ । संविधान र ऐनमा भएको व्यवस्था व्यवहारमा उतार्नु जरुरी छ । पुरुष आफूसँग भएको सम्पत्ति परिचालन गर्न स्वतन्त्र हुन्छ । महिलालाई त्यो स्वतन्त्रता छैन ।

पुरुषले जस्तै गतिविधि गर्न महिलालाई सजिलो छैन । उम्मेदवार हुँदा पनि महिलालाई अनेक समस्या आउछन् । महिला उम्मेदवारलाई आफ्नै पार्टीका मानिसले जित्दैनन् भन्ने खालको सोच राख्छन् । अनि हार्नेलाई किन मत दिने भन्छन् जनता पनि । अनि महिलालाई मत कम आउँछ तर महिला कमजोर भन्ने होइन ।

 संविधान कार्यान्वयनकै कुरा गर्दा आमाको नामबाट नागरिकता पाउने व्यवस्था अहिलेसम्म पनि लागू हुन सकेन नि ?

संविधानले गरेको व्यवस्थालाई कार्यान्वयनमा किन ढिलाइ ? कानूनमन्त्रीः नेपाली मानसिकतामा परिर्वतन आएको छैन । चेतना र सोचमा अझै परिवर्तन हुनु जरुरी छ । आमा, महिलाहरुका पक्षमा कानूनहरु बनेका छन् । एकल महिलालाई नागरिकता दिन समस्या भएको अवस्था देखिएको छ । यसको मुख्य जड चेतना नै हो तर संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयन नभएर हुँदैन । कार्यान्वयन गर्नुपर्छ ।

संविधानले परिकल्पना गरेका आयोगमा पदाधिकारी खाली छन् । महिला आयोगमा पदाधिकारी नआएको चार वर्ष हुन लाग्यो । संविधान कार्यान्वयन गर्न आयोगलाई पूर्ण गरेर सक्रिय बनाउनुपर्ने होइन र ?

कानूनमन्त्रीः संविधानले परिकल्पना गरेका आयोगमा पदाधिकारी पूर्ति नहुनु अवश्य पनि राम्रो होइन । सबै आयोगमा पदाधिकारी पूर्ण हुनुपर्छ । जेजे उद्देश्यका लागि बनेको आयोग हुन्, त्यस उद्देश्यअनुसार काम हुनुपर्छ । आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले रोकेको छैन । संवैधानिक परिषद्ले पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने हुन्छ । सरकारले यसमा रोक्ने कुनै कुरै छैन ।

सङ्क्रमणकालीन न्यायमा पीडितलाई न्याय दिने काम अझै पूरा हुन सकेको छैन । दोस्रो पटक दुवै आयोगले पदाधिकारी पाएका छन् । ऐन संशोधनमा किन ढिलाइ भयो ?

कानूनमन्त्रीः सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई कानूनी रुपमा काम गर्न कुनै पनि अवरोध छैन । सङ्क्रमणकालीन न्यायका लागि अहिलेको कानूनले अवरोध गरेको छैन । उजूरी परेको छ । छानबिन गर्न र तामेलीमा राख्न वा विस्तृत अध्ययनका लागि कुनै पनि अवरोध गर्दैन ।

कानूनले प्रतिबन्ध लगाएको छुवाछूतको भावना अहिले पनि कम हुन सकेको छैन । छुवाछूतसम्बन्धी कानून प्रभावकारी रुपमा कार्यान्वयनमा आउन किन सकेन ?

कानूनमन्त्रीः छुवाछूत गर्नुहुँदैन । कानून बनेपछि पनि छुवाछूत गर्नु दण्डनीय हो । त्यसका लागि पीडित पक्षले उजूरी दिने चलन त्यति छैन । छुवाछूतको केसलाई लिएर जाहेरी दिन गएको मैले त्यति पाएको छैन । मेलमिलाप गरेर जाऊँ भन्ने पनि होला । मुख्य कुरा जातभात भन्ने कुरा केही होइन । सबै मान्छे हो भन्ने भन्ने भावना आउनुपर्छ । आमाबुबा पुस्ताहरुलाई अति गाह्रो होला तर हाम्रो पुस्ता र छोराछोरी पुस्तामा त छुवाछूतको भावना छैन । त्यसमा पनि आफूलाई छुवाछूत भएको अनुभव भएमा पीडित वा सरोकार पक्षले उजूरी दिनुपर्छ ।

पूर्णरुपमा संविधान कार्यान्वयन भएको छ त ?

कानूनमन्त्रीः संविधान पूर्ण रुपमा कार्यान्वयन भएको छ । संविधानअनुसार बनेका कानूनहरु प्रारम्भ हुनेबित्तिकै लागू भएका छन् । सङ्घ, प्रदेश र तहको समन्वयकारी भूमिका छ । अहिले हेर्दा केही छुटपुटबाहेक संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । कार्यान्वयन पनि भइरहेको छ ।

अन्त्यमा, संविधान दिवसका अवसरमा देशवासीलाई के भन्न चाहनुहुन्छ ?

कानूनमन्त्रीः नेपाली जनताको ठूलो बलिदानीबाट संविधान प्राप्त भएको हो । यसको कार्यान्वयन गर्नु सबैको दायित्व हो । संविधानले बन्देज लगाएका कामहरु नगरौँ । सबैले कानूनको पालना गरौँ ।

 

 

Related Posts

युरोपेली युनियनद्वारा फाइजर र बायोएनटेकको खोपलाई अनुमति
अन्तरर्वार्ता

युरोपेली युनियनद्वारा फाइजर र बायोएनटेकको खोपलाई अनुमति

नयाँ स्वरूपमा कोरोना फैलिएपछि बेलायती उडानलाई अधिकांश देशमा प्रतिबन्ध
अन्तरर्वार्ता

नयाँ स्वरूपमा कोरोना फैलिएपछि बेलायती उडानलाई अधिकांश देशमा प्रतिबन्ध

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडाैमा
राजनीति

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडाैमा

गुल्मीको दोहलीमा जिप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
समाचार

गुल्मीको दोहलीमा जिप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

देशका अधिकांश स्थानमा सामान्य बदलीदेखि हिमपात सम्मको सम्भावना
मौसम

देशका अधिकांश स्थानमा सामान्य बदलीदेखि हिमपात सम्मको सम्भावना

गाडीको ठक्करबाट ग्वार्कोमा एक पैदल यात्रुको मृत्यु
दुर्घटना

गुल्मीको इस्मामा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु, ३ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राजतन्त्रकाे अपमान गरेको भन्दै थाईल्यान्डमा एक महिलालाई सजाय

१ आश्विन २०७७
सुनको मूल्य घट्यो

५ सय रुपैयाँले बढ्यो सुन

१ आश्विन २०७७
अछाममा बस दुर्घटना,दुर्घटनामा एकको मृत्यु

झापामा टिपरको ठक्करबाट युवतीको मृत्यु

१ आश्विन २०७७
दाङमा सात जुवाडे पक्राउ

चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

१ आश्विन २०७७
पछिल्लो २४ घण्टामा ३,१४० जनाले कोरोनालाई जिते, सङ्क्रमणमुक्त हुने दर ९२ प्रतिशत

कोरोनाले प्रतिव्यक्ति आम्दानीमा धक्का

१ आश्विन २०७७

बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो

१ आश्विन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.