Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

बागमती प्रदेश सांसद चेतनाथ सञ्जेलको पहलमा आए थप महत्त्वपूर्ण योजना तथा बजेट

अपडेट by अपडेट
२६ आश्विन २०७७
0
SHARES
63
VIEWS
FacebookTwitter
बागमती प्रदेश सांसद चेतनाथ सञ्जेलको पहलमा आए थप महत्त्वपूर्ण योजना तथा बजेट
ADVERTISEMENT

ललितपुर। ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) का बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल ३ वर्षअघिको निर्वाचनमा आफू सांसद निर्वाचित भए लगत्तै आफ्नो क्षेत्रको विकासका लागि अहोरात्र रुपमा सक्रिय छन्। ३ वर्ष पुग्नै लाग्दा संजेलले बागमती प्रदेश सरकारमार्फत काँठ र दक्षिण पहाडी क्षेत्रको विकासका लागि कृषि,सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा अति महत्त्वाकांक्षी योजनाहरु ल्याएर क्रमश कार्यान्वयनको चरणमा छन्।

यसै क्रममा संजेलको पहलमा भर्खरै विभिन्न थप विकासका योजनाहरु सार्वजनिक भएका छन्। सांसद सञ्जेलका अनुसार चालु आर्थिक वर्षमै मल्लकालीन ऐतिहासिक ललितपुर राजकुलो एकीकृत प्रणाली (टिकाभैरब १,२, गोदावरी छम्पी र साना कुलाहरु समेत ) सिंचाइ प्रणालीको निर्माण रु एक करोड विनियोजन भएको छ। यस योजनाले विगत लामो समयदेखि बन्द रहेका राजकुलो संचालन का साथै सिचाई सुविधामा महत्त्वपूर्ण सफलता हुनेछ। यसैगरी टिकाभैरव २ नं राजकुलो संरक्षणको लागि समेत १३ लाख ५० हजार प्राप्त भएको छ।

यसैगरी बागमती गाउँपालिका ४ प्युटारस्थित खोराङ खोला खयरघारी सिचाइ योजनाको लागि १० लाख रुपयाँ विनियोजन भएको छ भने गोदावरी नगरपालिका चापागाउँको खसीमारा सिचाई योजनाको लागि पनि १० लाख विनियोजन भएको छ। बागमती गाउँपालिका ७ गिम्दीको कटुवास्थित खैरेखोला सिचाई योजनाको लागि ५ लाख रकम विनियोजन भएको छ भने गिम्दीकै देउताखोला सिचाई योजनाको लागि पनि ५ लाख रकम छुट्याईएको छ। प्राकृतिक विपत्ति नियन्त्रण कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका ७ देवीचौरको सल्लाबोट पहिरो नियन्त्रणका लागि १३ लाख ५० हजार विनियोजन भएको सांसद सञ्जेलले बताएका छन्। गोदावरी नगरपालिका ११ चापागाउँको कुश्लेचौर पहिरो नियन्त्रणका लागि पनि ९ लाख रकम छुट्याईएको छ।

प्राविधिक शिक्षा प्रवर्धन योजना अन्तर्गत कोञ्ज्योसोम गाउँपालिका २ शंखुको मगरगाउँ माविमा विगत देखि नै संचालित प्राविधिक शिक्षालयको लागि थप ४० लाख रकम विनियोजन गरिएको छ। स्वास्थ्य सेवा अन्तर्गत विश्वव्यापी कोभिड १९ फैलिरहेका बेला टिकाभैरव स्थित आनन्दवन अस्पतालमा आइसोलेसन निर्माणको लागि १५ लाख रकम छुट्याईएको छ भने बज्रबाराही अस्पताल आईसोलेसन निर्माणका लागि २५ लाख रकम विनियोजन गरिएको छ। हाल आनन्दवन अस्पतालमा पनि कोरोनाको पिसीआर परीक्षण सुरु गरिएको छ। यसैगरी यसै आर्थिक वर्षबाट बज्रबाराही सामुदायिक अस्पताललाई प्रदेश स्तरको जिल्ला अस्पतालमा रुपान्तरण गर्ने निर्णय बागमती प्रदेश सरकारले गरेको छ।

यी सबै योजना सफल रुपमा कार्यान्वयन गर्दै विकसित ललितपुर बनाउनका लागि सबै जनता तथा राजनीतिक दलको सहयोग, सहकार्य आवश्यक रहेको सांसद संजेलाको भनाई छ। विकास निर्माण सबैको साझा पाटो भएकोले सबै मिलेर नयाँ योजनालाई कार्यान्वयन गर्नुपर्ने उनले बताए।

Related Posts

मुक्तकमैयाका दिन फेरिँदै
अर्थ खबर

मुक्तकमैयाका दिन फेरिँदै

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
समाचार

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण
समाचार

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

समाचार

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

समाचार

दालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

२६ आश्विन २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

२६ आश्विन २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

२६ आश्विन २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

२६ आश्विन २०७७
ललितपुरमा तीन हजार बढी कोरोना सङ्क्रमित

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

२६ आश्विन २०७७
मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

२६ आश्विन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.