Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

अपडेट by अपडेट
२८ आश्विन २०७७
0
SHARES
30
VIEWS
FacebookTwitter
गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला
ADVERTISEMENT

पोखरा, २८ असोज /

गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६÷७७ मा ३८ मुद्दा रहेका छन् ।

तीमध्ये सात फैसला भएको मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार सर्वोच्च अदालतमा २४ मुद्दा रहेकामा दुई फैसला भएर अब २२ बाँकी छन् ।

उच्च अदालत पोखरामा ११ मुद्दा परेकामा चार किनारा लागेर अब सात बाँकी छन् । उच्च अदालत पोखराको बागलुङ इजलासमा दुई मुद्दा रहेकामा एउटा किनारा लागेको छ भने कास्की जिल्ला अदालतमा एक मुद्दा बाँकी छ ।

दर्ता भएकामध्ये धेरैजसो रिट निवेदन छन् । यीमध्ये सबैभन्दा ठूलो र बढी चर्चामा आएको मुद्दा स्थानीय जनप्रतिनिधिको सेवासुविधासम्बन्धी ऐन खारेज सम्बन्धमा थियो ।

प्रदेश नम्बर १ बाहेक ६ प्रदेशले बनाएको सुविधासम्बन्धी कानून संविधानसम्मत नभएको भनी रिट निवेदन परेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ वटै प्रदेशका सुविधासम्बन्धी कानून खारेज गरिदिइसकेको छ । सडक निर्माण र फराकिलो बनाउने कार्यले व्यक्तिको जग्गा मिचिएको विषयमा उच्च अदालत पोखरा र बागलुङ इजलासमा निवेदन परेकामा दुई वटै खारेज भएका छन् ।

लेकसाइडमा सञ्चालित रात्रिकालीन व्यवसायसम्बन्धी विषयमा परेको रिट निवेदनमा उच्च अदालत पोखराले मापदण्ड बनाएर व्यवस्थित गर्र्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

यसैगरी सामुदायिक वन व्यक्तिले दर्ता गरेका विषयमा उच्च अदालत पोखराबाट दाबी नपुग्ने फैसला भएको मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका उपसचिव(सरकारी वकिल) दयाशङ्कर अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार सर्वाेच्च अदालत(दुई), उच्च अदालत पोखरा(चार) र उच्च अदालत बागुलङ इजलास(एक) फैसला भएका सात थान रिट निवेदन÷मुद्दामा दुई वटामा रिट खारेज भएको, एक वटामा निर्देशनात्मक आदेश जारी भएको, दुई वटामा रिट जारी भएको, एक वटामा वादी दाबी नपुग्ने फैसला भएको र एक वटा निवेदकले मुद्दा फिर्ता लिएका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालयको दायित्व प्रदेश र मातहतका कार्यालयविरुद्ध परेका मुद्दामा प्रतिरक्षाका लागि आग्रह गरिए पनि प्रमाण कागजात जुटाउन भने सहयोग नगरेको पाइएको छ ।

मुख्य न्यायाधिवक्ता घिमिरेले भन्नुभयो, “कुनै विकास योजनाविरुद्ध मुद्दा परेमा त्यसको प्रतिरक्षा गर्न योजनाको विस्तृत अध्ययन प्रतिवेदनलगायत औचित्य पुष्टि हुने कागजात भएमा सहज हुन्छ र जित्ने सम्भावना बढी हुन्छ । यस विषयमा मुख्यमन्त्री, मन्त्री र सरोकारवाला कार्यालयका प्रमुखहरुसँग कुराकानी भइसकेको छ, अब यो समस्या दोहोरिँदैन भन्ने लागेको छ ।” —

Related Posts

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि
अन्तर्राष्ट्रिय

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव
समाचार

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान
मौसम

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल
समाचार

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

प्युठान जीप दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो, पाँच दिन प्रशासन बन्द
समाचार

प्युठान जीप दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो, पाँच दिन प्रशासन बन्द

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु
समाचार

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

२८ आश्विन २०७७
भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

२८ आश्विन २०७७
बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

२८ आश्विन २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

२८ आश्विन २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

२८ आश्विन २०७७
मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

२८ आश्विन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.