एजेन्सी। डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेको दाबी गर्दै बाँकी मतगणना नगर्न सर्वोच्च अदालतसामु माग गरेका छन्।
“हाम्रो लागि लाखौं मानिसले भोट गरेका छन्। केही दु:खी मानिसहरूको समूहले उनीहरूलाई मताधिकारबाट वञ्जित गराउने कोसिस पनि गरेको थियो,” ह्वाइट हाउसको इस्ट रूमबाट ट्रम्पले भने, “र, हामी यसका लागि उभिएका होइनौं।”
स्पष्ट रूपमा चुनाव जितिसकेका दाबी गर्दै ट्रम्पले आफ्ना समर्थकसँग भने, “हामी पूर्ण रूपमा पालना हुने कानुन चाहन्छौं। त्यसैले हामी सर्वोच्च अदालतमा जान्छौं। हामी सबै मतगणना अहिले रोक्न चाहन्छौं। हामी बिहानको ४ बजे उनीहरूले कुनै ब्यालोट फेला पारेर सूचीमा समावेश गरुन् भन्ने चाहँदैनौं।”
बाइडेनले आफ्ना समर्थकलाई आफू अमेरिकाको ४६औं राष्ट्रपति बन्ने सही मार्गमा रहेको बताएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
अहिलेको ताजा अवस्थामा ट्रम्प २१३ र बाइडेन २३६ को नतिजामा छन्।