Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ : मन्त्री गुरुङ

अपडेट by अपडेट
२५ कार्तिक २०७७
0
SHARES
6
VIEWS
FacebookTwitter
मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ : मन्त्री गुरुङ
ADVERTISEMENT

 

कात्तिक २५
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।”
भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उहाँको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिनुभयो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगत्ले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालीमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीप्रतिको विश्वासलाई कायम राख्न कमजोरी सुधार गर्नुपर्छ, आचारसंहिता पालना गर्नु नै महत्वपूर्ण हो, यसका लागि हामीले अनुगमन गरिरहेका छौँ, राज्यको तर्फबाट पनि यसतर्फ पहल हुनुपर्छ ।”
प्रेस काउन्सिल नेपालका सदस्य सङ्गिता खड्काले आचारसंहिता पालना गरे पत्रकारिता क्षेत्र विश्वसनीय हुने बताउनुभयो । “काउन्सिलले आचारसंहिता पालना गराउन पत्रकारलाई सचेत गराउने र लागू गराउने कार्य गर्दै आएको छ”, उहाँले भन्नुभयो । भ्रामक र गलत सूचना तथा समाचारलाई न्यूनीकरण गरी पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिनुभयो । तीन दिनसम्म सञ्चालन भएको दोस्रो चरणको तालीममा तीन जिल्लाका ३२ पत्रकारको सहभागिता रहेको मिडिया एक्सनकी उपाध्यक्ष प्रियङ्का झाले बताउनुभयो । उहाँका अनुसार छ जिल्लाका ६४ पत्रकारलाई यस किसिमको तालीम प्रदान गरिएको छ ।
                                                                                                                                   
                                                                                                                                      साभार:- गोरखापत्र अनलाइन

Related Posts

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
समाचार

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

मुक्तकमैयाका दिन फेरिँदै
अर्थ खबर

मुक्तकमैयाका दिन फेरिँदै

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
समाचार

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण
समाचार

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

समाचार

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

२५ कार्तिक २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

२५ कार्तिक २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

२५ कार्तिक २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

२५ कार्तिक २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

२५ कार्तिक २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

२५ कार्तिक २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.