Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

नेकपाका दुई अध्यक्षको आआफ्नै दाउ

अपडेट by अपडेट
१० मंसिर २०७७
0
SHARES
145
VIEWS
FacebookTwitter
नेकपाका दुई अध्यक्षको आआफ्नै दाउ

काठमाडौं । सत्तासीन दल नेकपाका दुई अध्यक्षबीच यही मंसिर ३ यता संवाद त के देखादेख पनि छैन। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दर्जनौं आरोपसहितको प्रस्ताव ल्याएपछि सम्बन्धमा थप तिक्तता छ। एकअर्कामा मुखै हेर्न नपाए पनि हुन्थ्यो भन्नेसम्मको अवस्था निम्तेको छ।

आफूमाथि पार्टीभित्रकै सहयोद्धाबाट आफ्नो ‘राजनीतिक जीवन नै सिध्याउने गरी आरोपपत्र’ आएपछि ओलीले मंसिर ३ को सचिवालय बैठकमा लिखित रूपमा यथोचित जवाफ प्रस्तुत गर्ने बताएका थिए। आरोप प्रमाणित नभए अर्को अध्यक्षले पनि हट्नुपर्नेजस्ता खुला चुनौती दिएका ओलीलाई जवाफ लेख्न १० दिनको समय मिलेको छ। त्यसपछि त नेकपाको विवाद झन् मोर्चाबन्दीमा विकास भइरहेको छ। गुटगत गतिविधि तिक्त रूपमा झांगिइरहेको छ। दुई अध्यक्षबीच संवादहीनता रहे पनि ओली निकट नेताहरू महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसँग दाहालले मंसिर ५ मा पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरे।

तर, महासचिव पौडेलले दाहाललाई सचिवालयमा प्रस्तुत प्रस्ताव तल्लो तहमा वितरण नगर्न र फिर्ता लिन जोड गरे। दाहालले भने अस्वीकार गरे। मंगलबार मात्रै पनि परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवाली दाहालको निवास खुमलटार पुगे। झन्डै ४५ मिनेट दाहालसँग एक्लै भलाकुसरी गरी फर्किए।

‘उहाँ (दाहाल) सँग कुनै राजनीतिक संवाद भएन, बिल्कुल मेरो आफ्नो मन्त्रालयसँग सम्बन्धित कामले भेटेको हुँ,’ परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पार्टीका विषयमा मैले खास कुरा गरिनँ। मेरो दायित्वको कुरा पनि भएन। मैले भारतीय विदेश सचिवको भ्रमण, चिनियाँ रक्षामन्त्रीको भ्रमणका बारेमा आफ्नो अध्यक्षलाई जानकारी गराउनुपर्ने भएकोले त्यही विषयमा जानकारी गराएर फर्के। पार्टीका विषयमा कुनै कुराकानी भएन।’

तयारी आ– आफ्नै

दुवै पक्ष आआफ्नै तयारीमा छन्। आफ्ना रणनीतिमा दुवै पक्ष टसमस छैनन्। प्रधानमन्त्री ओली १३ मंसिरको पार्टी सचिवालयमा पेस गर्ने प्रत्युत्तर प्रस्ताव निकट सहयोगीमार्फत लेख्न लगाइरहेका छन्। दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लेखेको पत्र, ओलीको जवाफी पत्र, फेरि दाहालले लेखेको प्रत्युत्तर पत्र र प्रस्ताव सबै समेटेर तल्लो तहमा समेत अध्ययनका लागि पठाउन थालेको छ। दाहालको प्रस्ताव फिर्ता लिई नयाँ शिराबाट सहमतिको वातावरण निर्माण गर्नुपर्ने ओली पक्षको मागमा सहमतिको सम्भावना टरेको छ।

अब नेकपाभित्र १३ गतेको सचिवालयमा प्रधानमन्त्रीले पेस गर्ने प्रस्तावको व्यग्र पर्खाइ छ। ओलीले ल्याउने प्रस्ताव अब कस्तो हुन्छ रु फरक मतलाई व्यवस्थित गर्ने कम्युनिस्ट सरकार के हुन्छ रु यसमै अब सबै नेता–कार्यकर्ताको ध्यान केन्द्रित छ।

कम्युनिस्ट पार्टीमा फरक मत व्यवस्थापन गर्ने कुनै व्यवस्थित विधि छैन। फरक मत आउनेबित्तिकै विभाजनको अवस्थामा नेपालका कम्युनिस्ट पार्टीहरू पुगेका छन्। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा प्रस्तावको विपक्षमा अर्को प्रस्ताव आएपछि एउटा अवधिसम्म त्यसमा ‘घनिभूत’ छलफल भएको देखिन्छ। हुनुपर्ने चाहिँ त्यही हो। तर, नेपालको कम्युनिस्ट पार्टीको इतिहास केलाउँदा त्यस्तो देखिँदैन। कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै जब शीर्ष नेता या नीति निर्माणको तहमा रहेका नेताहरूले फरक प्रस्तावका रूपमा लिखित प्रस्ताव पार्टीमा राख्छन्, समयका हिसाबले धेरै थोरै होला, त्यो फुटमै परिणत भएका थुप्रै दृष्टान्त छन्। कमीकमजोरी स्वीकार्ने, आफूमाथिको आरोप खण्डन गर्ने र फेरि पनि एकताबद्ध भएर अगाडि बढ्ने गरेको उदाहरण नेकपाको इतिहासमा झन्डै छैन भन्दा पनि हुन्छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा रहेको छ ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग
समाचार

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु
समाचार

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी
स्थानीय

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त
समाचार

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम
समाचार

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !
समाचार

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

१० मंसिर २०७७
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

१० मंसिर २०७७
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

१० मंसिर २०७७
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

१० मंसिर २०७७
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

१० मंसिर २०७७
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

१० मंसिर २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.