Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

भ्रमणले दुई देशकाे सम्बन्ध नयाँ उचाइमा पुग्ने : सचिव श्रृंगला

अपडेट by अपडेट
११ मंसिर २०७७
0
SHARES
16
VIEWS
FacebookTwitter
भ्रमणले दुई देशकाे सम्बन्ध नयाँ उचाइमा पुग्ने : सचिव श्रृंगला
ADVERTISEMENT

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो नेपाल भ्रमणले दुई देशकाे सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएका छन् । दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा यसअघि पनि नेपाल आएपनि यसपटक विदेश सचिवको रुपमा पहिलो पटक नेपाल आउन पाउदा खुशी लागेको बताए। उनले नेपाल भारतको मित्रतालाई कसरी अगाडी बढाउने भन्ने बारे छलफल केन्द्रित हुने उनले बताए।

उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग दुई देशबीचको छलफल हुने बताएका हुन्। ‘भोलि नेपाल भारत मैत्री सम्बन्ध बारे भर्चुअल गफ हुनेछ’, उनले भने, ‘म नेपालको गोरखा जिल्ला पुग्नेछु।’ जहाँ भारतले ५० हजार घर बनाउने योजना अन्तर्गत ४० हजार घर निर्माण भइसकेको र त्यसको निरीक्षण गर्ने कार्यक्रम छ। यसको अलवा भारतको योजना नेपालको शिक्षा क्षेत्रको विकास पनि रहेको उनले बताए।

नेपाल आउने आफ्नो चाहना कोभिड-१९ को महामारीका कारण केहि पछि धकेलिए पनि अन्तत: आफू नेपाल आइपुगेको उनले धारणा व्यक्त गरे। नेपालमा आफू महत्वपूर्ण छलफल गर्ने उनले बताए। उक्त छलफलले नेपाल र भारतको सम्बन्ध थप मजबुत हुने उनकाे विश्वास छ।

नेपाल–भारत दुवै देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो। श्रृंगलाको भ्रमणमा सीमा विवादका बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ। श्रृंगलाले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ।

यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गर्नेछन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो।

उनले आजै भारत सरकारका तर्फबाट नेपाललाई कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी भोलि स्वदेश फर्किने छन्।

Related Posts

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
समाचार

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

मुक्तकमैयाका दिन फेरिँदै
अर्थ खबर

मुक्तकमैयाका दिन फेरिँदै

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
समाचार

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण
समाचार

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

समाचार

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

११ मंसिर २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

११ मंसिर २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

११ मंसिर २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

११ मंसिर २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

११ मंसिर २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

११ मंसिर २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.