Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

युरोपेली युनियनद्वारा फाइजर र बायोएनटेकको खोपलाई अनुमति

अपडेट by अपडेट
७ पुष २०७७
0
SHARES
49
VIEWS
FacebookTwitter
युरोपेली युनियनद्वारा फाइजर र बायोएनटेकको खोपलाई अनुमति
ADVERTISEMENT

युरोपेली युनियनले अमेरिकी फाइजर र जर्मन बायोएनटेक कम्पनीले उत्पादन गरेको कोरोना खोप प्रयोगमा ल्याउन अनुमति दिएको छ ।युनियनअन्तर्गतका सबै देशमा औषधि र खोपको अनुगमन तथा स्वीकृति दिने युरोपेली मेडिसिन एजेन्सी (ईएमए) ले खोप पारित गरेपछि युनियनले बजारमा लैजान अनुमति दिएको हो । खोप अभियान डिसेम्बर २७ बाट युरोपभर एकसाथ सुरु गरिँदै छ ।

युनियनले खोप बजारमा लैजान स्वीकृति दिएकोमा फ्रान्सका प्रधानमन्त्री जा कास्तेक्सले बधाई दिएका छन् । फ्रान्सले आगामी जनवरी १ देखि देशभरिका वृद्धाश्रममा यो खोप पुर्‍याउने तयारी गरेको फ्रान्स १ टिभीले जनाएको छ । समाचारमा उल्लेख गरिएअनुसार खोपको पहिलो खेप बेल्जियमले युरोपभरि पठाउने छ । ठूलो मात्रामा खोप उत्पादन गर्ने फाइजर र बायोएनटेक दुवै कम्पनी बेल्जियममै छन् । त्यसैले खोपको बजारीकरण र वितरण बेल्जियमले नै गर्ने भएको हो । खोपका लागि आवश्यक चिस्यान केन्द्र, बरफ उत्पादन केन्द्र युरोपमै सबैभन्दा बढी बेल्जियममै छन् । फाइजर र बायोएनटेकले उत्पादन गर्ने खोपमध्ये दुई भाग बेल्जियमकै कम्पनीले उत्पादन गर्छन् । यद्यपि सबै नागरिकलाई एकैचोटि पुग्ने गरी खोप उत्पादन भइनसकेकाले चरणबद्ध रूपमा लगाउन लागिएको छ ।

हाल बेल्जियममा कोरोना खोप उत्पादनमा छ कम्पनीहरू सक्रिय छन् । तिनले हरेक दिन २० लाख खोप उत्पादन गरिरहेका छन् । युरोपेली युनियनले सन् २०२१ का लागि थप ३० करोड खोप बुक गरिसकेको छ । ती खोप अन्य मुलुकमा बिक्री गर्न अग्रिम माग गरिएको अनुमान विश्लेषकहरूले गरेका छन् ।

यसैबीच फ्रान्सले बेलायतको डोभरबाट काले क्षेत्रमा भित्रिने ट्रकहरूमाथि प्रतिबन्ध लगाइदिएको छ । बेलायतमा कोरोना भाइरस नयाँ स्वरूप फैलन थालेको भन्दै आवागमनमा प्रतिबन्ध लगाइएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । हरेक दिन बेलायतबाट फ्रान्सको सीमा हुँदै युनियनअन्तर्गतका देशमा भित्रिने लगभग १० हजार मालवाहक ट्रकले अत्यावश्यक औषधि र खाद्य सामग्री ओसार्थे । प्रतिबन्धपछि औषधि र अन्य खाद्य वस्तुको संकट उत्पन्न हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

स्व्रोत: कान्तिपुर

Related Posts

अब चुनावमै जानुपर्छ : प्रधानमन्त्री ओली
अन्तरर्वार्ता

अब चुनावमै जानुपर्छ : प्रधानमन्त्री ओली

‘मलाई ओलीजीले तीनवटा प्रस्ताव गर्नुभएको छ’
अन्तरर्वार्ता

‘मलाई ओलीजीले तीनवटा प्रस्ताव गर्नुभएको छ’

अब अदालतले जे भन्छ त्यही हुन्छ– कोमल वली
अन्तरर्वार्ता

अब अदालतले जे भन्छ त्यही हुन्छ– कोमल वली

नयाँ स्वरूपमा कोरोना फैलिएपछि बेलायती उडानलाई अधिकांश देशमा प्रतिबन्ध
अन्तरर्वार्ता

नयाँ स्वरूपमा कोरोना फैलिएपछि बेलायती उडानलाई अधिकांश देशमा प्रतिबन्ध

मतगणना रोकौं , हामीले चुनाव जितिसक्यौं : ट्रम्प
अन्तरर्वार्ता

मतगणना रोकौं , हामीले चुनाव जितिसक्यौं : ट्रम्प

संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छः कानूनमन्त्री तुम्बाहाङ्फे
अन्तरर्वार्ता

संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छः कानूनमन्त्री तुम्बाहाङ्फे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

७ पुष २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

७ पुष २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

७ पुष २०७७
मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

७ पुष २०७७
गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

७ पुष २०७७
प्युठान जीप दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो, पाँच दिन प्रशासन बन्द

प्युठान जीप दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो, पाँच दिन प्रशासन बन्द

७ पुष २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.