काराबाओ कप फुटबलअन्तर्गत बुधबार राती म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई २–० ले पराजित गर्दा उसका प्रशिक्षक पेप ग्वार्डिओलाले ७४ वर्षको उमेरमा निधन भएका पूर्वफुटबलर कोलेन बेलप्रति जित समर्पण गरेका छन्।
म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीले भ्रमणकारी टोलीलाई २–० को नतिजा सुम्पिएको हो। बुधबारको जितपछि भ्रमणकारी टोली म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ। सिटीले उपाधिका लागि टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ।यससँगै सिटी लगातार चौथोपटक लिग कपको फाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको थियो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीका लागि जोन स्टनिसले ५०औं मिनेटमा गोलको खाता खोलेका थिए। त्यसपछि दबावमा परेको घरेलु टोलीले खेलमा फर्किन निकै प्रयास गर्यो, तर पाएका अवसरलाई सदुपयोग गर्न सकेन। काउन्टरमा रहेको मौकामा सिटीले खेल सकिन सात मिनेट बाँकी रहँदा गोल थप्दै जित सुनिश्चित गरेको थियो। टोलीका लागि दोस्रो गोल फर्नान्डिन्होले गरेका थिए। टोटेनह्याम र सिटीले आगामी अप्रिल २५ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
सिटीका प्रशिक्षक ग्वार्डिओलाले पूर्वखेलाडी बेलप्रति उक्त जित समर्पण गरेका हुन्। बेलले सिटीका लागि १ सय ५२ गोल गरेका थिए।बेलको ७४ वर्षको उमेरमा निधन भएको थियो। सिटीका खेलाडीले वार्म अप गर्ने समयमा नै बेलले लगाउने गरेको जर्सी लगाएर अभ्यास गरेका थिए।उनले ८ नम्बर जर्सी लगाउने गरेका थिए।यस्तै खेल सुचारु हुनु अघि पनि खेलाडीले एक मिनेट मौनधारण गरेका थिए।
‘उनलाई गरेको सम्मान उनको परिवारलाई पनि हो।उनको योगदानले क्लबले राम्रा नतिजा पनि निकाल्न सकेको छ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘युनाइटेडविरुद्धको जितले टोलीलाई हौसला मिलेको छ ।’ यो जितसँगै सिटीलाई लिभरपुलले सन् १९८१ देखि १९८४ लगातार जित निकाल्दै बनाएको कीर्तिमान बराबरी गर्ने अवसर छ। ‘काराबाओ कप च्याम्पियन्स लिगभन्दा फरक छ र चार पटक यो उपाधि जित्ने लक्ष्यमा रहेका छौं,’प्रशिक्षक ग्वार्डिओलाले थपे, ‘पछिल्ला खेलमा खेलाडीले देखाएको प्रदर्शनप्रति निकै प्रफुल्लित छु ।’
उता सेमिफाइनलबाटै बाहिरिएको युनाइटेडका लागि पूर्वप्रशिक्षक जोजे माउरिन्होले सन् २०१७ मा यो उपाधि उचालेको थिए।वर्तमान प्रशिक्षक ओले गनर सोल्सजायरको टोली युनाइटेडले पछिल्ला दुई वर्षमा चार सेमिफाइनललाई सदुपयोग गर्न सकेन।
‘कुनै यस्ता प्रतियोगिता हुन्छन्, जहाँ राम्रा टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुन्छ। मानसिक हिसाबमा मात्र तयार रहेर हुँदैन। कुनै समय अप्रत्यसित नतिजा बेहोर्नु पर्नेहुन्छ,’युनाइटेडका प्रशिक्षक सोल्सजायरले भने। म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीले भ्रमणकारी टोलीलाई २–० को नतिजा सुम्पिएको हो। बुधबारको जितपछि भ्रमणकारी टोली म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ। सिटीले उपाधिका लागि टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ।
स्व्रोत: नागरिक