Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

राजतन्त्रकाे अपमान गरेको भन्दै थाईल्यान्डमा एक महिलालाई सजाय

अपडेट by अपडेट
७ माघ २०७७
0
SHARES
5
VIEWS
FacebookTwitter
ADVERTISEMENT

थाईल्यान्डमा एकजना महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय सुनाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो।

आन्चन भनेर मात्र चिनिने पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडिओ पडकास्टका क्लीपहरू राखेकी थिइन्। ६३ वर्षीया ती महिलाले अडिओ फाइल केवल शेअर गरेकी थिइन्। उनले त्यसमा कुनै टिप्पणी गरेकी थिइनन्। थाईल्यान्डको राजतन्त्रको अपमानसम्बन्धी कानुन संसारकै सबैभन्दा कडामध्ये पर्छ।

आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लीपहरू शेअर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन्। सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइयो।

सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन्। उक्त समूहले राजतन्त्रसम्बन्ध आधिकारिक धारणाहरूमाथि प्रश्न उठाइएका पडकास्टहरू अपलोड गर्ने गरेको आरोप छ।उनीहरूविरुद्धको मुद्दा बन्द इजलासमा चलेको थियो र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उनीहरूविरुद्धको प्रमाण गोप्य नै राखियो।

थाईल्यान्डमा बारम्बार राजनीतिक अशान्ति तथा विरोध प्रदर्शनहरू भइरहन्छन्। पछिल्लो विरोध प्रदर्शनको शृङ्खला गत फेब्रुवरीमा सुरु भएको थियो जब एउटा अदालतले एउटा कमजोर हुँदै गएको प्रजातन्त्र समर्थक राजनीतिक दललाई विघटन हुन आदेश दियो।

विरोध प्रदर्शनकारीहरूले विभिन्न माग राखेका थिए। तर उनीहरूले राजतन्त्रको शक्तिमाथि प्रश्न उठाउन थालेपछि प्रदर्शनहरू चर्किए।

उनीहरूले हालसालै विस्तार गरिएको राजतन्त्रको शक्ति कटौती गरिनुपर्ने माग राखेका थिए। साथै राजतन्त्रको सबै सम्पत्ति राजाले आफ्नो व्यक्तिगत भएको घोषणा गरेकोप्रति चुनौती पेश गरेका थिए।

उक्त घोषणाले राजा थाईल्यान्ड सबभन्दा धनी व्यक्ति बनेका थिए। यसअघि ती सम्पत्ति जनताको फाइदाका निम्ति भन्दै कोषहरूमा राखिएका थिए।

स्व्रोत: अन्नपूर्ण पोस्ट

Related Posts

कोराना विरुद्धको खोपको पहिलो खेप बेलायत आइपुग्यो
अन्तर्राष्ट्रिय

‘अक्सफोर्ड खोपले गम्भीर रोगमात्र होइन संक्रमण पनि रोक्छ’

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या
अन्तर्राष्ट्रिय

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या

संवैधानिक अंगका पदाधिकारीहरूले लिए सपथ
अन्तर्राष्ट्रिय

संवैधानिक अंगका पदाधिकारीहरूले लिए सपथ

साउदीमा २० राष्ट्रका नागरिकलाई आगमनमा रोक
अन्तर्राष्ट्रिय

साउदीमा २० राष्ट्रका नागरिकलाई आगमनमा रोक

फिल्म ‘आदिपुरुष’ को सेटमा आगोलागी; प्रभास र सैफअली खान
अन्तर्राष्ट्रिय

फिल्म ‘आदिपुरुष’ को सेटमा आगोलागी; प्रभास र सैफअली खान

राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण हुन नदिन ह्वाइट हाउसमा उच्च सतर्कता
अन्तर्राष्ट्रिय

बिडेनले म्यानमारमा पुनः प्रतिबन्ध लगाउने चेतावनी दिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अधिकारको दायरा वृद्धिमै महिला सशक्तीकरण

अधिकारको दायरा वृद्धिमै महिला सशक्तीकरण

७ माघ २०७७
ओली र दाहालहरू प्रतिशोधको भावनाले यति ग्रस्त छन्, एकले अर्कोलाई असफल बनाउन जस्तोसुकै अप्राकृतिक र अस्वाभाविक गठबन्धन पनि गर्न सक्छन् ।

ओली र दाहालहरू प्रतिशोधको भावनाले यति ग्रस्त छन्, एकले अर्कोलाई असफल बनाउन जस्तोसुकै अप्राकृतिक र अस्वाभाविक गठबन्धन पनि गर्न सक्छन् ।

७ माघ २०७७
चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध

चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध

७ माघ २०७७
पहिरोले बूढीगंगा थुनिने खतरा

पहिरोले बूढीगंगा थुनिने खतरा

७ माघ २०७७
मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

७ माघ २०७७
साँघुरियो फेवा ताल

साँघुरियो फेवा ताल

७ माघ २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.