स्थानीय बजारमा सुनको मूल्यमा आज पनि वृद्वि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६ सय रुपैयाँले वृद्वि भएको हो।
प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ। तेजाबी सुन बुधबार तोलामा ९२ हजारमा कारोवार भएको थियो। यस्तै चाँदी तोलामा १५ रुपैयाँले बढेको छ। एक हजार २६० रुपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार २७५ रुपैयाँ मूल्य निर्धारण भएको छ।
स्व्रोत: नागरिक