नेपालका लागि अन्तर्राष्ट्रिय उडानहरू ५० प्रतिशतले गिरावट आएको छ। २०१२ को तुलनामा, २०२० मा उडान संख्या घटेको छ। कोविड १ को महामारीको कारण २०२० को सुरूदेखि नै विभिन्न देशहरूले बिस्तारै अन्तर्राष्ट्रिय उडानहरू प्रतिबन्धित गर्न थालेका छन्।
त्यसको लगत्तै नेपालले मार्चको अन्तिम हप्ताबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पनि प्रतिबन्धित गर्यो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्य देशहरूलगायत नेपालले विदेशी उडानमा प्रतिबन्ध लगाएको कारण उडान संख्यामा कमी आएको छ।
प्राधिकरणका अनुसार २०२० मा उडानको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा प्रतिशतले कम भएको थियो। २०१० मा, त्यहाँ १८६०६ अन्तर्राष्ट्रिय उडानहरू थिए, जबकि २०२० मा त्यहाँ केवल ९०१७ उडानहरू थिए। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने कि २०२० को शुरुदेखि नै उडानमा प्रतिबन्धको कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।
अन्तर्राष्ट्रिय उडान संख्यामा आएको कमीसँगै हवाई यात्रुको संख्या पनि त्यतिकै घटेको छ। सन् २०१९ मा ४१ लाख ३८ हजार ५ सय ६३ जना यात्रुले हवाईमार्गबाट ओहोरदोहोर गरेका थिए। सन्् २०२० मा १० लाख २९ हजार ९ सय ३४ जनाले यात्रा गरेका थिए। सन् २०२० मा करिब ५ लाख ४४ हजार ६ सय ३६ नेपालबाट बाहिरिएका छन्।करिब४ लाख ८५ हजार २ सय ९८ जना नेपाल भित्रिएका छन्। सन् २०१९ मा नेपाल बाहिरिने र भित्रिने संख्या क्रमशः करिब २२ लाख ४५ हजार १ सय ३७ र १८ लाख ९३ हजार ४ सय २६ रहेको प्राधिकरणको तथ्यांक छ।
सामान्य समयमा नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगम तथा निजी क्षेत्रको कम्पनी हिमालय एयरलाइन्स र बुद्ध एयर गरी कुल ३० एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने बाह्य वायुसेवामा एयर अरेबिया, एयर इन्डिया, विमान बंगलादेश एयरलाइन्स, बुद्ध एयरलाइन्स, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न र सिचुवान एयरलाइन्स छन्। यसैगरी चाइना साउर्थन एयरलाइन्स, ड्रुक एयरलाइन्स, इत्तिहाद एयरवेज, फ्लाइ दुबई, क्याथे ड्रागन, इन्डिगो एयर, जजिरा एयरवेज, कोरियन एयर, मलेसियन एयरलाइन्स, मालिन्दो एयर, ओमन एयर, कतार एयरवेज, सिल्क, मध्या एयरवेस, तिब्बत एयरलाइन्स, थाई एयरलाइन्स, टर्किस एयरलाइन्स र थाईएयरलाइन्स छन्।
कोभिड–१९ को महामारी रोक्न सरकारले २०२० को मार्च अन्तिमसाताबाट लकडाउन गरी सबै उडानमा प्रतिबन्ध लगाएको थियो। कोभिड–१९ को समस्या समाधान नहुँदा तालिका उडान भर्दै आएका सबै बाह्य वायुसेवाले नेपालमा उडान भने भर्न पाएका छैनन्। सन् २०२० को डिसेम्बरको उडान तालिकाअनुसार नेपाल एयरलाइन्स, हिमालय,एयर अरेयिबा, एयर इन्डिया, एयर अरेबिया आबुधाबी, विमान बंगलादेश, टासी भुटान एयरलाइन्स, एयर चाइना, चाइना साउर्थन एयरलाइन्स, फ्लाई दुबई, डु«क एयरलाइन्स, इन्डिगो एयर, जजिरा एयरवेज, मालिन्दो एयर, सलाम एयर, सिल्क, टर्किस र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
स्व्रोत: अन्नपूर्ण पोस्ट