Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

‘अक्सफोर्ड खोपले गम्भीर रोगमात्र होइन संक्रमण पनि रोक्छ’

अपडेट by अपडेट
२१ माघ २०७७
0
SHARES
4
VIEWS
FacebookTwitter
कोराना विरुद्धको खोपको पहिलो खेप बेलायत आइपुग्यो
ADVERTISEMENT

एउटा पछिल्लो अध्ययनमा हाल नेपाल लगायत अन्य देशहरूमा प्रयोग भइराखेको अक्सफोर्ड आस्ट्राजेनेका खोपले कोभिडको गम्भीर बिमारीमात्र नभइ संक्रमण पनि रोक्ने देखिएको छ । अर्थात्, उक्त खोपको प्रयोगले कोरोना भाइरसको संक्रमणमा उल्लेखनीय गिरावट आउनसक्ने वैज्ञानिकहरूले बताएका छन्। महामारीको भविष्यबारे धेरै विषय अज्ञात रहेका बेला उक्त खोपले संक्रमणमा समेत असर पारेको देखिएपछि यसले अब महामारीलाई नियन्त्रण गर्न सघाउन पुग्ने विश्वास गरिएको छ।

संक्रमण रोक्न सफल हुनु निकै महत्त्वपूर्ण मानिन्छ । यदि खोपले केवल गम्भीर रोगबाट मात्र जोगाउँछ तर खोप लगाएका व्यक्तिले अझै भाइरस अरूलाई सारिरहन सक्छन् भने सबैजनाले खोप नलगाएसम्म पूर्ण सुरक्षा प्राप्त हुँदैन। तर यदि खोप लगाएपछि उक्त व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्तिहरू पनि सुरक्षित हुन पुग्छन्। यसो हुँदा महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुनसक्छ।

अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीहरूलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो । सो अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिहरूमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो।

‘यो आँकडाले के देखाउँछ भने खोपले संक्रमणलाई घटाउन पनि उल्लेखनीय प्रभाव पारिरहेको छ,’ अध्ययनमा उल्लेख छ।साथै उक्त खोपको एकै मात्राको प्रयोगले पनि मानिसहरूलाई कोभिडबाट राम्रो सुरक्षा प्रदान गरेको हालसम्म अप्रकाशित उक्त अध्ययनमा देखिएको छ ।

पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि उक्त खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।

यूकेले सकेसम्म धेरै मानिसलाई चाँडो खोप लगाउन भन्दै पहिलो मात्रा लगाइहाल्ने कार्यलाई प्राथमिकता दिएको थियो। यसले धेरै मानिसलाई केही सुरक्षा दिएर ज्यान जोगाउँछ भन्ने ठानिएको थियो तर यसो गर्दा खोपको दोस्रो मात्रा प्राप्त गर्न मानिसहरूले तीन महिनासम्म कुर्नुपरेको छ।

यो अध्ययनमा यूके, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सामेल थिए।
अध्ययनमा एकै मात्राले पनि सो तीन महिनाको अवधिसम्म ७६ प्रतिशत सुरक्षा प्रदान गरेको पाइयो। दुई मात्रा लिनेहरूको हकमा सुरक्षा प्रभावकारीता ८२ प्रतिशत रह्यो।

अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्राध्यापक एन्ड्र्यु पोलार्ड भन्छन्, ‘यस (आँकडा)ले सरकारको एकै मात्रा पहिले धेरैलाई दिने नीतिको समर्थन गरेको छ।’ यसबीच फ्रान्सले भने अक्सफोर्ड खोपलाई ६५ वर्षभन्दा माथिका उमेरका व्यक्तिमा नलगाउने निर्णय गरेको छ । बढी उमेरका व्यक्तिमा खोपको प्रभावकारीताबारे पर्याप्त आँकडा उपलब्ध नभएको भन्दै उसले सो निर्णय गरेको जनाइएको छ ।

स्व्रोत: अन्नपूर्ण पोस्ट

Related Posts

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या
अन्तर्राष्ट्रिय

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या

संवैधानिक अंगका पदाधिकारीहरूले लिए सपथ
अन्तर्राष्ट्रिय

संवैधानिक अंगका पदाधिकारीहरूले लिए सपथ

साउदीमा २० राष्ट्रका नागरिकलाई आगमनमा रोक
अन्तर्राष्ट्रिय

साउदीमा २० राष्ट्रका नागरिकलाई आगमनमा रोक

फिल्म ‘आदिपुरुष’ को सेटमा आगोलागी; प्रभास र सैफअली खान
अन्तर्राष्ट्रिय

फिल्म ‘आदिपुरुष’ को सेटमा आगोलागी; प्रभास र सैफअली खान

राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण हुन नदिन ह्वाइट हाउसमा उच्च सतर्कता
अन्तर्राष्ट्रिय

बिडेनले म्यानमारमा पुनः प्रतिबन्ध लगाउने चेतावनी दिए

कोराना विरुद्धको खोपको पहिलो खेप बेलायत आइपुग्यो
अन्तर्राष्ट्रिय

चीनमा काेराेनाकाे नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

२१ माघ २०७७
वामदेवको ‘भ्रम’ अभियान

वामदेवको ‘भ्रम’ अभियान

२१ माघ २०७७
स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

२१ माघ २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

२१ माघ २०७७
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

२१ माघ २०७७
सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

२१ माघ २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.