Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

२१ दिनपछि खुलाइयो तातोपानी नाका

अपडेट by अपडेट
२७ माघ २०७७
0
SHARES
8
VIEWS
FacebookTwitter
२१ दिनपछि खुलाइयो तातोपानी नाका
ADVERTISEMENT

भोटेकोसी गाउँपालिका–२ स्थित उत्तरी नाका तातोपानी २१ दिनपछि पुन: सञ्चालनमा ल्याइएको छ । भोटेकोसी नदीले क्षतिग्रस्त मितेरी पुल मर्मतसम्भार गर्न बन्द गरिएको नाकाबाट मंगलबार एकतर्फी रूपमा सामान भित्र्याइएको हो । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले मंगलबार तीन चिनियाँ कन्टेनर फलफूलसहित अन्य रेडिमेड सामग्री भित्र्याउँदै नाका खुलाइएको जानकारी दिए । ‘मितेरी पुलको मर्मतसम्भार सकेपछि चिनियाँ पक्षको ‘अफिसियल टाइम’अनुरूप २१ दिनपछि नाका खुलेको छ, टेलर कन्टेनरबाट सामग्री धमाधम भित्रिन थालेका छन्,’ उनले भने । बर्खे बाढी र तिब्बतको न्यालमक्षेत्रका तालको पानी मिसिएर आएको भोटेकोसीले मितेरी पुलको जग र अन्य संरचनामा केही क्षति पुर्‍याएको थियो । चीनको खासास्थित ‘तिब्बती डिपार्टमेन्ट अफ कर्मस फरेन ट्रेड’ले अनुसार बाढीले क्षतिग्रस्त मितेरी पुल २० दिनमा मजबुत बनाइएको जनाएको छ । त्यसैअनुसार जाङमु पोर्ट म्यानेजमेन्ट कमिटीले नेपाल र चीनका व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गराइसकेको खत्रीले बताए ।तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले नाका २० दिनभन्दा बढी बन्द हुन सक्ने अनुमान गरिए पनि चीनले समयमै खुलाइदिएको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । ‘नाका आंशिक रूपमा चलेको छ, पूर्ण रूपमा नखुलेकै कारण स्थानीय व्यवसायी, कन्टेनर मजदुर मारमा छन्,’ उनले भने ।भूकम्प र भोटेकोसी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एन्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । मितेरी पुलबाहेक बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा ४० फिटका चिनियाँ कन्टेनरमा मापदण्डभन्दा बढी तौल राखेरसामग्री आयात गरिएको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।

स्व्रोत: अन्नपूर्ण पोस्ट

Related Posts

जुनार किसानलाई औंसा व्यवस्थापनमा ध्यान दिन आग्रह
अर्थ खबर

जुनार किसानलाई औंसा व्यवस्थापनमा ध्यान दिन आग्रह

बढ्यो सुनको मूल्य
अर्थ खबर

१ हजार पाँच सयले बढ्यो सुन

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त
अर्थ खबर

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

विकासको नाममा अर्बौँ खर्च, कच्ची पुलको भरमा जोखिम यात्रा
अर्थ खबर

विकासको नाममा अर्बौँ खर्च, कच्ची पुलको भरमा जोखिम यात्रा

नेपाललाई भारतको अनुदान तीन अर्बले बढेको
अर्थ खबर

नेपाललाई भारतको अनुदान तीन अर्बले बढेको

एक वर्षदेखि नाकामा चीनको अर्घेलो,अर्बौंका सामान अलपत्र
अर्थ खबर

रसुवागढीको निर्यात डेढ बर्षको लागि रोकिएको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

२७ माघ २०७७
वामदेवको ‘भ्रम’ अभियान

वामदेवको ‘भ्रम’ अभियान

२७ माघ २०७७
स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

२७ माघ २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

२७ माघ २०७७
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

२७ माघ २०७७
सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

२७ माघ २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.