Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

शिक्षकको यातनापछि बिरामी बालकको मृत्यु

अपडेट by अपडेट
३० माघ २०७७
0
SHARES
9
VIEWS
FacebookTwitter
शिक्षकको यातनापछि बिरामी बालकको मृत्यु
ADVERTISEMENT

राधा खनाल, झापा,

झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाटती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए।

राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कुटपिट गरेका थिए।

शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो। मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो। घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन्। तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए। त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए।

बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्‍याइएको जानकारी विद्यालयका एक शिक्षक दिए। उनले भने, ‘बच्चाको कान सुन्निएको छ। ठूलो अस्पतालमा लैजानु भनेपछि बिर्तामोडस्थित बी एन्डसी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो। तर, अस्पताल पुर्‍याएर उपचार सुरु गरेलगत्तै विद्यार्थीको मृत्युभयो।’

‘रविन सरले पढाउने क्रममा ‘ह्वाट इज योर ग्रेन्डफादर नेम’ भनेर सोध्नु भएको रहेछ’, ती शिक्षकले भने, ‘विद्यार्थीले जवाफ दिन नसकेपछि कान तान्नु भएको भन्ने सुनिएको हो।आफूले देखेको छैन। के कारणले विद्यार्थीको मृत्यु भयो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ। सुन्दैछु निमोनियाले गर्दा बच्चाको निधन भएको हो।’

बी एन्ड सी अस्पताल बिर्तामोडले नोबेलमा रिफर गरेपछि विद्यालयले बालकलाई उपचारका लागि ३० हजार रुपैयाँ दिएको थियो। त्यसपछि मात्र बालकको परिवारले उनलाई २८ गते नोबेल अस्पताल लगेका थिए। अस्पतालमा भर्ना भएका बालकलाईसाधारण बेडमा अक्सिजन दिएरराखिएको थियो। त्यसको आधा घण्टापछि नै उनको मृत्यु भएको स्थानीय छिमेकी कृष्ण पौडेलले बताए।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाका अनुसार शिक्षकले सामान्य कान मोले पनि बालकको पुरानै बिरामी निमोनियाका कारण मृत्यु भएको दाबी गरे। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले शिक्षकको पिटाइबाट विद्यार्थीको मृत्यु भएको भन्ने खबर आएपछि शिक्षकलाई पनि सोधपुछका लागि अहिले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ। आचार्यले भने, ‘उक्त घटनाको बारेमा बिहीबार साँझसम्म उजुरी परेको छैन। उजुरी आएपछि मात्र घटनावारे थप अनुसन्धान गरिनेछ।’विद्यालयमा शिक्षक कम भएको समयमा मगरलाई विद्यार्थी नियन्त्रण गर्न र पढाउन जिम्मेवारी दिने गरेको पाइएको छ।

स्राेतः अन्नपुर्ण पाेष्ट

Related Posts

उर्लाबारी घटना : सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश !
अपराध

उर्लाबारी घटना : सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश !

भारतमा पहिलो पटक महिलालाई फाँसीको सजाय दिइदै ।
अपराध

भारतमा पहिलो पटक महिलालाई फाँसीको सजाय दिइदै ।

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक
अपराध

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक

देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाकोे मृत्यु
अपराध

बेपत्ता भएकी महिलाको शव फेला

बलिउडअभिनेत्रीले कंगना रनोटलाई  ज्यान मार्ने धम्की
अन्तर्राष्ट्रिय

बलिउडअभिनेत्रीले कंगना रनोटलाई ज्यान मार्ने धम्की

आठ नक्कली परीक्षार्थी पक्राउ
अपराध

आठ नक्कली परीक्षार्थी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रतीक्षा सर्वोच्चको अर्को फैसलाको  : ओली र प्रचण्ड–माधवसँग ‘नेकपा’ नै नरहने खतरा !

प्रतीक्षा सर्वोच्चको अर्को फैसलाको : ओली र प्रचण्ड–माधवसँग ‘नेकपा’ नै नरहने खतरा !

३० माघ २०७७
‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

३० माघ २०७७
वामदेवको ‘भ्रम’ अभियान

वामदेवको ‘भ्रम’ अभियान

३० माघ २०७७
स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

३० माघ २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

३० माघ २०७७
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

३० माघ २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.