काठमाडौं। शनिबार वुटवलमा आयोजित नेकपा ओली समूहको आमसभामा प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै कुनामा गएर बसे पनि हत्यारालाई कारवाही गरिछाड्ने आश्वासन दिए ।
“सरकारको बदनाम गर्न केही अपराधीहरु क्रियाशील भएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्मला हत्याकाण्ड र भागरथी हत्याकाण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिनेछैन ।’
“पानी मुनी गएपनि भागरथी र निर्मलाका हत्या गरेका अपराधीहरू २/४ दिन, एक वर्ष लुकेर उम्किएलान्, तर, सजाय घट्ने वाला छैन, पुराका पूरा सजाय अपराधीलाई दिन्छौं,” प्रधानमन्त्री ओलीले भने।
केही दिनमै भागरथीको बलात्कारपछि भएको हत्या घटनामा संलग्न पक्राउ पर्ने आश्वासन दिएका छन् र निर्मलाको बलात्कारपछिको हत्या घटनामा संलग्नलाई पनि अदालतको कठघरामा उभ्याउने बताए।
केही समयभित्रै बैतडीकी भागरथी र निर्मला पन्तका हत्यारा कठघरामा ल्याएर कारवाहीको दायरामा ल्याउने उनले दाबी गरे । “पहिले इँटाभट्टमा मान्छे जलाएर मिलेमतोमा मन्त्री बनाएका अपराधीलाई हामीले झेलमा हालेका छौँ’, ओलीले भने, ‘१२ वर्ष अगाडीका अपराधीलाई जेलमा हालेका छौँ । अहिलेका अपराधीलाई पनि छोडिने छैन ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत अपराधी पत्ता लागेको छैन। यसैबीच बैतडीको दोगडाकेदारकी भागरथी भट्टको समेत बलात्कारपछि हत्या भएको १० दिन बितिसक्दा समेत दोषीमाथि कारवाही हुन सकिरहेको छैन । दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले १० दिनदेखि अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छ ।