Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

भारतमा पहिलो पटक महिलालाई फाँसीको सजाय दिइदै ।

अपडेट by अपडेट
११ फाल्गुन २०७७
0
SHARES
17
VIEWS
FacebookTwitter
भारतमा पहिलो पटक महिलालाई फाँसीको सजाय दिइदै ।
ADVERTISEMENT

भारतको उत्तरी राज्यमा एक महिलालाई फाँसीको सजाय सुनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, रामपुरको जेलमा कैद शबनम लाई फाँसीको सजाय सुनाइएको हो । उनलाई मथुरा जेलमा फाँसी दिनको लागी तयारी भैरहेको छ । मथुरा एक मात्र यस्तो जेल हो जहाँ महिलालाई फाँसी दिइन्छ । फाँसी दिने खबरले मथुरा जेलको बाहिरा चहलपहल बढि रहेको छ ।

अजाद हिन्दुस्तान पछि पहिलो पटक महिलालाई फाँसीको सजाय दिइदैछ । मथुरामा सन् १८७० मा यो फाँसी घर बनाइएको थियो । यसको पुरा एरिया करिब ४०० बर्गमिटरको छ । सन् १९४७ पछि कुनै महिलालाई फाँसी दिइएको थिइएन ।

यो फाँसी घर त्यतिबेलै बनाइएको थियो जति बेला अंग्रेजहरुले जेल बनाएका थिए । यो जेल बन्ने बेला नै फाँसी घर तयार गरिएको थियो । यस जेलमा महिलालाई मात्र फाँसी दिइन्छ । यदि पुरुष कैदीलाई फाँसीको सजाय दिनु परेमा अन्य जेलमा लगिन्छ । मथुरामा कैयो बर्ष देखि यहाँ कसैलाई फाँसी नदिइएको कारण यो फाँसीघर एकदमै जिण अवस्थामा रहेको छ ।

यस भन्दा २३ बर्ष पहिला अप्रेल १९९८ मा पनि रामची नाम गरेकीे एक महिलालाई फाँसीको सजाय सुनाइएको थियो तर त्यतिबेलाको भारतको राष्ट्रपतिले त्यी महिलाको दया, याचनालाई बिचार गरेर फाँसीको सजायलाई उमेरकैद सजायमा परिबर्तन गरिएको थियो ।
कुनै अपराध यस्तो हुन्छ कि जसलाई माफि नै दिन नसकिने खालको हुन्छ । त्यस्तै शबनमको पनि छ । एक प्रेमीको प्यारमा आफ्नो आमाबाबुलाई सबनमले बन्चरोले हानेर मारिन् । ११ महिनाको भतिजालाई घाँटी च्यापेर मारिन् । साथै आफ्नो पुरै परिवारलाई मारिदिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, १४ अप्रैल २००८ मा अमरोहाको बावनखेडी को राती सबै परिवार खाना खाएर सुते तर उनिहरु कहिल्यै उठेनन् । त्यो रात तिनीहरुको अन्तिम रात थियो । त्यो रात त्यस परिवारको एक्ली छोरी सबनमले खानामा बिष हालिदिएकी थिइन् । बिषको कारणले पुरै परिवार बेहोस भैसकेका थिए र आधि रात सबनमले आफ्नो प्रेमी सलीमलाई बोलाएर दुबै जान मिलेर परिवारको ७ जनालाई बन्चरोले हानेर हत्या गरिदिएका थिए । यसमा सबनमको आमा–बुवा, दाई–भाउजु र फुपुकी छोरी पनि थिइन् । सबनमले सलिमसँग मिलेन आफ्नो ११ महिनाको भतिजालाई समेत मारिन् । सबनम यति सम्म अपराधी भइन् कि आफ्नो ११ महिनाको भतिजालाई मार्दा समेत कुनै दया आएन ।
सबनम दुई बिषयमा एम.ए. गरेकी थिइन् तर उनको प्रेम भने ८ कक्षा पास सलीमसँग भएको थियो । सबनम प्राइमरी स्कुलको शिक्षिक थिइन् । त्यहीबेला सलिमसँग प्यार भयो र त्यसैबेला सबनम गर्भवती भइन् । सबनमले सलिमसँग बिबाह गरिदिनको लागि आफ्नो बुवासँग भनिन् तर उनको बुवाले अस्वीकार गरेपछि पुरै सम्पत्ति लिनको लागि सलिमसँग मिलेर हत्या गर्ने योजना बनाएकी थिइन् ।

पुरै घटना प्रदाफास भएपछि दुबैजान जेल चलान भए र त्यहि बर्ष सबनमले आफ्नो छोरालाई जन्म दिइन् । उनको छोरालाई भने एक पत्रकारले आफ्नो छोराको जस्तै पालिरहेका छन् । अदालतले सबनम र सलिम दुबैलाई फाँसीको सजाय सुनायो ।
राष्ट्रपतिबाट सबनमको यचिका खारिज भएपछि उनको फाँसीको सजाय हुने कुरा निश्चित भएको हो । शबनमको फाँसीको मिति भने तोकिएको छैन । राष्ट्रपति भबनबाट फाँसीको सजायको मिति जति बेला पनि आउन सक्छ । तर फाँसी घरको तयारी भने चलिरहेको छ । अब मिति मात्र तोकिन बाँकी रहेको छ ।

Related Posts

उर्लाबारी घटना : सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश !
अपराध

उर्लाबारी घटना : सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश !

शिक्षकको यातनापछि बिरामी बालकको मृत्यु
अपराध

शिक्षकको यातनापछि बिरामी बालकको मृत्यु

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक
अपराध

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक

देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाकोे मृत्यु
अपराध

बेपत्ता भएकी महिलाको शव फेला

बलिउडअभिनेत्रीले कंगना रनोटलाई  ज्यान मार्ने धम्की
अन्तर्राष्ट्रिय

बलिउडअभिनेत्रीले कंगना रनोटलाई ज्यान मार्ने धम्की

आठ नक्कली परीक्षार्थी पक्राउ
अपराध

आठ नक्कली परीक्षार्थी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

११ फाल्गुन २०७७
वामदेवको ‘भ्रम’ अभियान

वामदेवको ‘भ्रम’ अभियान

११ फाल्गुन २०७७
स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

११ फाल्गुन २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

११ फाल्गुन २०७७
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

११ फाल्गुन २०७७
सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

११ फाल्गुन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.