Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

निर्वाचन आयोगले अघि बढायो निर्वाचन सामग्री खरिद प्रक्रिया

अपडेट by अपडेट
११ फाल्गुन २०७७
0
SHARES
13
VIEWS
FacebookTwitter
निर्वाचन आयोगले अघि बढायो निर्वाचन सामग्री खरिद प्रक्रिया
ADVERTISEMENT

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ। अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन सामग्री ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरिएको छ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा आगामी वैशाख १७ गते र दोस्रो चरणको वैशाख २७ गते  हुने गरी गत पुस ५ गते नै घोषणा गरेको थियो। यद्यपि निर्वाचनका विषयमा सर्वाेच्च अदालतमा परेको मुद्दा भने किनारा लाग्न अझै बाँकी छ। आयोगले  ती सामग्री खरीद गर्न आज सात दिनको सूचना प्रकाशन गरेको छ।

सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुसार खरीद प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापन गर्न असम्भवप्रायः भएको जनाउँदै आयोग ऐन, २०७३ बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
ग्राह्य बोलपत्रदातालाई सूचनामा तोकिएका आवश्यक कागजात र प्रक्रिया पुर्‍याई अधिक मात्रामा सहभागिता जनाएर स्वच्छ, स्वस्थ्य र प्रतिस्पर्धामा सहभागी हुन आयोगले आग्रह गरेको छ। आयोगका अनुसार छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), छपाइसम्बन्धी( पोलबुक तथा कार्ड),  सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप(रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुष्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन(कालो र रातो), मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको हो।

तीन आर्थिक वर्षको औसत कारोवारको न्यूनतम अङ्कलाई आधार मानेर ती समाग्री खरीदका लागि रु १४ करोड चार लाख मूल्यबराबरको सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिएको सूचनामा जनाइएको छ। तोकिएको निर्वाचन सम्पन्न गर्न अर्जुनदृष्टिका साथ अघि बढेको आयोगले पछिल्लो समय निर्वाचन तयारीको प्रारम्भिक कार्यलाई तीव्र तुल्याएको छ। -रासस

Related Posts

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?
राजनीति

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै यी मुख्यमन्त्रीहरुको पद खतरामा
राजनीति

प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै यी मुख्यमन्त्रीहरुको पद खतरामा

ओलीलाई लागेको धक्काको प्रभाव बागमती प्रदेशसभामा कस्तो पर्ला ?
राजनीति

ओलीलाई लागेको धक्काको प्रभाव बागमती प्रदेशसभामा कस्तो पर्ला ?

फैसलाको भोलिपल्ट नेम्बाङले भने : ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्नुस् भनेको थिएँ, मान्नुभएन’
राजनीति

फैसलाको भोलिपल्ट नेम्बाङले भने : ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्नुस् भनेको थिएँ, मान्नुभएन’

पानी मुनी गएपनि भागरथी र निर्मलाको अपराधीलाई छोडिन्‍न : प्रधानमन्‍त्री ओली
राजनीति

पानी मुनी गएपनि भागरथी र निर्मलाको अपराधीलाई छोडिन्‍न : प्रधानमन्‍त्री ओली

खर्चिलो बन्दै आन्दोलन र समर्थन
राजनीति

खर्चिलो बन्दै आन्दोलन र समर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

११ फाल्गुन २०७७
वामदेवको ‘भ्रम’ अभियान

वामदेवको ‘भ्रम’ अभियान

११ फाल्गुन २०७७
स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

११ फाल्गुन २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

११ फाल्गुन २०७७
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

११ फाल्गुन २०७७
सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

११ फाल्गुन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.