Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

उर्लाबारी घटना : सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश !

अपडेट by अपडेट
११ फाल्गुन २०७७
0
SHARES
17
VIEWS
FacebookTwitter
उर्लाबारी घटना : सरकारी वकिलले मुद्दा नचलाउँदा इन्स्पेक्टरमाथि आक्रोश !
ADVERTISEMENT

सदिक्षा बाँस्तोलाले मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीस्थित इन्स्पेक्टरको कार्यकक्षबाट खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।   आइतबार सदिक्षाले उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले आफ्ना मृतक दाजुको सम्बन्धमा ‘नक्कली मिसिल तयार गरेर हत्यामा संलग्नलाई छाडेको’ आरोप लगाएकी थिइन् ।  भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति बनाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) मान बहादुर राई नेतृत्वको समितिले सो घटनाबारे छानविन थालेको छ ।

घटना यस्तो थियो
पुस ४ मा उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला साथीको घरमा जान्छन् । मध्यान्ह ४ बजेदेखि मदिरा सेवन गरेका उनी त्यहीँ बस्छन् । बिहान कोठामा अचेत अवस्थामा भेटिएपछि उनलाई स्थानीय गोदावरी अस्पालमा पु¥याइयो । डाक्टरले मृत घोषणा गरे ।

अनि, घटनास्थल मुचुल्का गर्न इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली अस्पताल र प्रविनको साथीको घरमा पुग्यो । उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरियो ।
निलडाम, चोटपटक देखिएन । अस्पतालले ‘निसास्सिएर मृत्यु’ भएको पोस्टमार्टम रिपोर्ट दियो । भिसेरा परीक्षण गर्दा पनि विष खाएको अथवा खुवाएको पुष्टि भएन ।

प्रविणका बुबा प्रेम प्रसाद बाँस्तोलाले छोरालाई मारेको आरोपसहित प्रहरीमा किटानी जाहेरी दिए । पुस ९ मा इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रविनका साथीहरु विरुद्ध ‘ज्यानसम्बन्धी कसुर’ मुद्दा दर्ता गरियो ।
३१ वर्षीय राजेश रणपहेली सहित ६ जनालाई प्रहरीले पक्रियो । ‘ज्यान सम्बन्धी कसुर’मा प्रहरीले अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझायो । माघ २ मा सरकारी वकिल कार्यालय मोरङले मुद्दा नचलाउने निर्णय गर्दै ६ जना आरोपीलाई ‘जिम्मा जमानी’मा छाड्न प्रहरीलाई निर्देशन दियो ।

‘अनुसन्धानबाट हत्या भएको पुष्टि हुन सकेन,’ इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले भने, ‘थप प्रमाण आएको अवस्थामा मुद्दा अगाडि बढाउने गरी सरकारी वकिल कार्यालयले छाड्ने निर्णय गरेपछि हामीले आरोपीहरुलाई छाडेका थियौं ।’

प्रहरीको अनुसन्धान प्रतिवेदनमा मृत्युको कारण एकिन नखुलेको र आरोपीहरुले इन्कार गरेकाले ‘मुद्दा बचाउन’ थप अनुसन्धान गर्नेगरी मिसिल फिर्ता पठाइएको सरकारी वकिलको भनाइ छ ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख मनोज कुमार आचार्यले रातोपाटीसँग भने, ‘यसकारण मृत्यु भएको भन्ने नखुलेको हुनाले मुद्दा बचाउन थप अनुसन्धान गर्नुपर्ने राय दिएको थिएँ, २५ दिनभन्दा बढी हिरासतमा राख्न नमिल्ने हुनाले आरोपीलाई छाड्नुको विकल्प थिएन ।’

पोष्टमार्टम गर्ने डाक्टरले पनि मृत्युको यकिन कारण खुलाउन नसकेको हुनाले कमजोर मुद्दा दर्ता नगरेको र अब केही दिनमा सो मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी रहेको आचार्यले बताए ।

अनुसन्धान गर्नेमाथि छानविन 

सरकारी वकिलले हतारमा मुद्दा चलाउँदा मुद्दा कमजोर हुने रायसहित ‘आरोपीलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नु’ भन्ने निर्देशन दिएपछि उर्लाबारी प्रहरीले अरोपीहरुलाई छाडेको थियो ।

सो घटनामा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानमा संलग्नहरूमाथि छानविन सुरु गरेको छ । डीएसपी मान बहादुर राई सहितका ३ जनाको छानविन समितिले सो घटना अनुसन्धान गर्नेहरुमाथि छानविन थालेको हो ।
सोमबार जिप्रका मोरङले विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा भाइरल भिडियो बारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मोरङ प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानमा संलग्न प्रहरीले गैरव्यवसायिक अनुसन्धान गरेको पाइए कानुन बमोमिज कारवाही गरिने छ ।’

उर्लाबारी प्रहरीले आइतबार दोस्रोपटक सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । मृतकको बहिनीले आरोप लगाएजस्तो ‘अनुसन्धान प्रतिवेदनमा कुनै तलमाथि नगरेको’ इन्सपेक्टर उद्धव पोखरेलले बताएका छन् ।

स्राेतः राताेपाती

Related Posts

भारतमा पहिलो पटक महिलालाई फाँसीको सजाय दिइदै ।
अपराध

भारतमा पहिलो पटक महिलालाई फाँसीको सजाय दिइदै ।

शिक्षकको यातनापछि बिरामी बालकको मृत्यु
अपराध

शिक्षकको यातनापछि बिरामी बालकको मृत्यु

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक
अपराध

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक

देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाकोे मृत्यु
अपराध

बेपत्ता भएकी महिलाको शव फेला

बलिउडअभिनेत्रीले कंगना रनोटलाई  ज्यान मार्ने धम्की
अन्तर्राष्ट्रिय

बलिउडअभिनेत्रीले कंगना रनोटलाई ज्यान मार्ने धम्की

आठ नक्कली परीक्षार्थी पक्राउ
अपराध

आठ नक्कली परीक्षार्थी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

११ फाल्गुन २०७७
वामदेवको ‘भ्रम’ अभियान

वामदेवको ‘भ्रम’ अभियान

११ फाल्गुन २०७७
स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

११ फाल्गुन २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

११ फाल्गुन २०७७
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

११ फाल्गुन २०७७
सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

११ फाल्गुन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.