Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

अपडेट by अपडेट
१३ फाल्गुन २०७७
0
SHARES
10
VIEWS
FacebookTwitter
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार
ADVERTISEMENT

फाल्गुन १३, २०७७

गाेबिन्द पाेखरेल

काठमाडौँ — अनाधिकृत रुपमा बर्डस्-३ स्याटेलाइट सम्बन्धी अनुसन्धान कृति बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नास्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्युटेक)ले पत्रचार गरेको छ ।

बर्डस्-३ मिसन अन्तर्गत अन्तरिक्षमा छाडिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’ सम्बन्धी ‘कन्फ्रेन्स पेपर’ नास्टका प्राविधिक अधिकृत रोशन पाण्डेले अनाधिकृत रुपमा छापेको क्युटेकको दाबी छ । क्युटेकले उपकूलपति सुनिलबाबु श्रेष्ठलाई सम्बोधन गर्दैं दोस्रो पत्र पठाएको हो ।

क्युटेक विश्वविद्यालयका प्राध्यापक एवं ल्याबोरेटरी अफ लिन स्याटेलाइट इन्टरप्राइजेज एन्ड इन-अर्बिट एक्सपेरिमेन्ट्सका प्रमुख डा. मेंगु चोले उपकुलपति श्रेष्ठलाई पाण्डेले तयार गरेको कार्यपत्र चोरी गरेर अवैधानिक र अनाधिकृत रुपमा रिसर्च गेट अनलाइनमा राखिएको उल्लेख छ । उक्त कार्यपत्र नहटाएको र अनैतिक कार्य गर्दा पनि नास्टले पाण्डेलाई कारबाही नगरेको भन्दै प्राध्यापक चोले नास्टका उपकूलपतिलाई पत्र लेखेका हुन् । उनले अनलाइनमा राखिएको उक्त कृति हटाउन र वैधानिकता खारेज गर्न पनि भनेका छन् ।

नास्टका प्राविधिक अधिकृत पाण्डेले इन्टरनेशनल एस्ट्रोनोमिकल फेडरेसन(आईएफ)को सन् २०२० अक्टोबर १२ देखि १४ सम्म चलेको ‘इन्टरनेसनल एस्ट्रोनोटिकल कंग्रेस, द साइबर स्टेशन’ (आईएसी)को बी ४.३ मा ‘स्मल स्याटेलाइट अपरेशन’ विधामा ‘नेपाली स्याट-१ बिगिनिङ अफ द स्पेस इरा इन नेपाल’ नामक कार्यपत्र नास्टको नाममा प्रस्तुत गरेका थिए । उक्त कृति पाण्डेले अनलाइन साइट रिसर्च गेटमामा हालेपछि प्राध्यापक चोले पहिले पटक जनवरी ५ तारिखमा कारबाही प्रक्रिया बढाउन माग गर्दै नास्टलाई पत्र पठाएका थिए ।

ईकान्तिपुरलाई प्राप्त प्राध्यापक चोले नास्टलाई पठाएको उक्त पत्रमा इन्टरनेशनल एस्ट्रोनोमिकल कन्फरेन्स (आईएसी)मा पाण्डेले प्रस्तुत गरेको कार्यपत्र समेत हटाउन माग गरेका छन् । उनले उक्त कृति एक महिनाभित्र नहटाइए आफैंले थप कानुनी प्रक्रिय थाल्ने चेतावनी समेत दिएका छन् । पाण्डेले प्रकाशित गरेको उक्त कृतिमा बर्डस्-३ स्याटेलाइट मिसनको वेबसाइटमा राखिएका मिसन, चित्र तथा तथ्यांकहरु अधिकांश हुबहु सारिएका छन् । कृतिमा वाक्यहरु समेत हुबहु हालेको पाइएपछि प्राध्यापक चो नास्टसँग रुष्ट बनेका हुन् ।

नास्टका प्रविधि संकायका प्रमुख डा. रविन्द्र ढकालले यो आन्तरिक छलफलको विषय भएको प्रतिक्रिया दिए । उनले कसैको अनुसन्धानात्मक कृति कपीपेस्ट गरेर प्रकाशित गर्न नपाइने बताए । उनले भने, ‘संस्थाको नोटिसमा नआइकन कसले, कसरी, कुन कृति प्रकाशित गरिरहेको छ भन्ने काममा जवाफदेही हुन सकिँदैन । कुनै पनि रिसर्चरले कृति लेख्दा इथिकल ग्राउन्डमा उभिएर गर्नुपर्छ ।’ क्युटेकसँग आफूहरुले सम्पर्क गरिरहेको उनले जानकारी दिए ।

नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले भने क्युटेकका प्राध्यापकले पठाएको पत्रबारे अनविज्ञता प्रकट गरे ।

मेकानिकल इन्जिनियरिङमा विद्यावारिधी समेत गरिरहेका प्राविधिक अधिकृत पाण्डेले यसबारे क्युटेकलाई जवाफ दिएको र अनलाइनबाट हटाएको बताए । उनले भने, ‘नास्ट र क्युटेकसँगको सहकार्यमा भनेर स्याटेलाइट बनाइएकाले मैले एक्नलेज दिँदा उपयुक्त हुने ठानेर त्यही गरेको थिएँ ।’

‘वैज्ञानिकहरुको संस्थामा रहेर काम गरिरहँदा कसैको कृति सिधै कपीपेस्ट गरेर हाल्न पाइन्छ ?’ भन्ने ईकान्तिपुरको प्रश्नमा पाण्डेले घुमाउरो रुपमा आफ्नो गल्ती भएको स्वीकार गरे । उनले भने, ‘वेबसाइटमा राखिएको र खुला पहुँच भएकाले त्यही तथ्यांक प्रयोग गरेँ ।’ कृति छाप्नुअघि र कन्फ्रेन्समा प्रस्तुति दिने सवालमा नास्टलाई उनले जानकारी समेत नदिएको पाइएको छ । उनले भने, ‘अनलाइनमार्फत प्रस्तुतिकरण दिनुपर्ने भएकाले मैले अफिसलाई जानकारी दिनुपर्छ भन्ने लागेन ।’

वैज्ञानिक जगतमा अनुसन्धानकर्ताहरुलाई ‘इथिकल’ विषय ठूलो हुन्छ । कसैको कृतिलाई उल्लेख गरेर राख्न पाइएपनि हुबहु वाक्य सार्न भने पाइँदैन ।

नास्टका प्राज्ञ एवं प्राध्यापक इमिरेटस डा. प्रमोदकुमार झाले यो विषयलाई नास्टले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले भने, ‘एउटा वैज्ञानिक संस्थामा यस किसिमको कार्य हुनु भनेको मुलुककै प्रतिष्ठामाथि आँच आउनु सरह हो । नास्टले उचित कदम चालोस् ।’

वातावरण अध्येता डा. उत्तमबाबु श्रेष्ठले अन्यत्र प्रकाशित भएका कुराहरु आफ्नो नाममा राख्नु भनेको अनुसन्धानमा अनैतिक र अनुचित कार्य भएको बताए । स्थापित संस्थाबाट यस्तो काम हुनु भनेको नराम्रो भएको उनले बताए । ‘यो घटनाले नेपालको समग्र रिसर्चको प्रणालीको कमजोर नैतिक धरातल र संमिश्रणको नतिजा हो,’ उनले भने, ‘पहिला पनि यस्ता घटनाहरु हुन्थे तर कारवाही हुँदैन थिए । त्यसैले नै यसलाई सहज रुपमा लिन थालियो ।’ अगामी दिनहरुमा यस्ता समस्याको हल गर्नका लागि अनुसन्धान समिति बनाएर नियमन प्रणालीको विकास गर्नुपर्ने उनी बताउँछन् ।

अस्ट्रेलियास्थित मेक्वाइरी विश्विद्यालयमा विद्यावारिधि गरिरिहेका अनुसन्धानकर्ता सन्देश नेउपाने यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताउँछन् । ‘देशकै सबैभन्दा ठूलो अनुसन्धान केन्द्रबाट यसरी अरुको अनुसन्धानात्मक लेखबाट हुबहु सारेर अनैतिक काम गरेको भनी कसैलाई पत्र मात्रै काटिनु भनेको पनि देशमा भइरहेको सबै अनुसन्धानको नैतिकतामा प्रश्न उठाउनु बराबर हो,’ नेउपाने भन्छन्, ‘यसले अग्रज अनुसन्धानकर्ताहरुलाई असर नपरे पनि देशभरीका स्नातक, स्नातकोत्तर, विद्यावारिधी र स्वतन्त्र रुपमा अनुसन्धान गर्नेहरुलाई निरुत्साहित गर्दछ ।यसले नेपाल जस्ता विकासोन्मुख देशका लागि अन्तर्राष्ट्रियस्तरमा हुने साथ र सहयोगमा समेत प्रभाव पार्छ ।’

२०७६ साल वैशाख ५ मा अमेरिकाको भर्जिनियास्थित नासाको मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडबाट बिहान २ बजेर ३१ मिनेटमा नेपाली स्याट–१ सहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह एकसाथ प्रक्षेपण गरिएको थियो । नास्ट र जापानको क्युटेक विश्वविद्यालयको सहकार्यमा आभास मास्के र हरिराम श्रेष्ठले उक्त स्याटेलाइट निर्माण गरेका थिए ।

 

स्राेतः कान्तिपुर

Related Posts

टिकटक सर्वाधिक लोकप्रिय एप, एक महिनामै ६ करोड डाउनलोड
प्रविधि

टिकटक सर्वाधिक लोकप्रिय एप, एक महिनामै ६ करोड डाउनलोड

अब अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न नपर्ने, सर्वोच्च अदालतले दियो यस्तो आदेश
प्रविधि

अब अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न नपर्ने, सर्वोच्च अदालतले दियो यस्तो आदेश

सवारीसाधनको लाइसेन्समा नयाँ नियम
प्रविधि

सवारीसाधनको लाइसेन्समा नयाँ नियम

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै यी सेवा पाउने भएपछि अत्यन्त खुशी
प्रविधि

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै यी सेवा पाउने भएपछि अत्यन्त खुशी

अमेरिकामा उडाउन रकेट बनाउँदै नेपाली विद्यार्थी
प्रविधि

अमेरिकामा उडाउन रकेट बनाउँदै नेपाली विद्यार्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

खाना खाएपछि केहि समय हिँड्नु राम्रो

खाना खाएपछि केहि समय हिँड्नु राम्रो

१३ फाल्गुन २०७७
अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

१३ फाल्गुन २०७७
भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

१३ फाल्गुन २०७७
बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

१३ फाल्गुन २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

१३ फाल्गुन २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

१३ फाल्गुन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.