Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

अपडेट by अपडेट
१४ फाल्गुन २०७७
0
SHARES
10
VIEWS
FacebookTwitter
‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’
ADVERTISEMENT

सुवास पण्डित

१४ फागुन, चितवन । पुर्पक्षका लागि भरतपुर कारागारमा रहेका तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलमाथि २० मंसिर २०६८ मा आक्रमण भयो ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा न्यूरो अस्पतालमा त्यसै वर्षको २ पुसमा मृत्यु भयो । पौडेलको हत्या गरेको अभियोगमा सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तान पक्राउ परे ।

जिल्ला अदालतले उनीहरुसहित आठ जनालाई पौडेलको हत्या अभियोगमा जन्मकैद फैसला सुनायो । उनीहरुको जेल सजाय २०८७ सालमा मात्रै सकिने थियो । तर यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कैद मिनाहा पाउने १५ जनामा पौडेल हत्यामा दोषी ठहर भएका केसी, श्रेष्ठ र मोक्तान पनि परेका छन् ।

उनीहरुको कैद मिनाह गरेकोमा पौडेलको परिवारले भने आपत्ति जनाएको छ । यसले आफूहरुलाई थप पीडा दिएको पौडेल पत्नी विनु पौडेल रायमाझीले बताइन् । ‘राज्यले नै अपराधीहरुलाई छाड्ने काम गर्‍यो, यसले फेरि असुरक्षित भएको र देशभित्र न्याय हराएको अनुभूति भयो,’ पौडेलले भनिन् ।

राज्य शक्ति नै लागेर ५० प्रतिशत पनि कैद भुक्तानी नगरेका अपराधीहरुलाई छुटाउने काम योजनावद्ध रुपमा गरिएको उनको आरोप छ । आफू र राष्ट्रपति विद्यादेवी भण्डारीले २५/२६ वर्षको उमेरमै श्रीमान गुमाएको भन्दै उनले भनिन्, ‘उहाँका श्रीमानका हत्याराको पहिचान र खोजी किन गर्नुभएन ? किन कारवाही गर्न सक्नुभएन ? त्यो उहाँको कुरा होला । तर मेरो श्रीमानको हत्यामा संलग्न व्यक्तिलाई उहाँले आममाफी दिनुभयो ।’

उनले अघि भनिन्, ‘यसले मलाई कति पीडा दियो भनिसाध्य छैन । न्याय खोज्न कहाँ जाऊँ ?’

सत्ताको आडमा कानुनको उपहास गर्ने काम भएका भन्दै पौडेल पत्नी विनुले अनलाइनखबरसँग भनिन्, ‘सत्ता सधैँ उहाँहरुको मात्रै हुँदैन होला । त्यतिबेला आज छुटेका अपराधीहरुलाई पुनः जेल भित्र नै पठाउने अठोट मैले लिएको छु ।’

तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलका कान्छा भाइ गोविन्द पौडेलमाथि ३ जेठ २०६६ मा आक्रमण भयो । भरतपुर माविको चौरमा बोलाएर युवाहरुको एक समूहले उनीमाथि धारिलो हतियार प्रहार गरेको थियो । थप उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । गोविन्दको हत्यामा संलग्न भएको आरोपमा केही पक्राउ परे र जेल चलान भए ।

राष्ट्रपतिबाटै अन्याय भयो

जिल्लामा राजनीतिक दल आवद्ध युवा समूहहरुको झडप, कुटपिटको श्रृङ्खला चलेको थियो । १० भदौ २०६८ मा तत्कालीन एमाले निकट युवा सञ्जय लामाको कविलास केराबारीमा गोली हानेर हत्या भयो ।

तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको निर्देशनमा लामाको हत्या भएको तत्कालीन युवा संघको दाबी थियो । किटानी जाहेरी परेपछि प्रहरीले पौडेलसहित तीन जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । पौडेल पुर्पक्षका लागि थुनामा गए ।

थुनामा रहेकै बेला पौडेलमाथि आक्रमण भयो । आक्रमणकारीमध्ये केही गोविन्द पौडेलको हत्या अभियोगमा जेल परेकाहरु पनि थिए र पौडेलमाथि आक्रमण गर्न तत्कालीन जेल प्रशासन नै सहयोगी बनेको आरोप पौडेल परिवारको छ ।

पौडेलकी पत्नी विनु भन्छिन्, ‘हत्यामा संलग्नता नभएको मान्छेलाई जवरजस्ती संलग्न भएको आरोप लगाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गर्‍यो । जेलभित्र उहाँलाई एक्लै राखेर योजनाबद्ध रुपमा आक्रमण गरी हत्या गरियो ।’

त्यसरी भएको आफ्नो श्रीमानको हत्यामा दोषीहरुलाई आम माफी दिएर राज्यले आफूहरुको घाउमा नुनचुक छर्कने काम मात्र गरेको पौडेलको गुनासो छ । ‘२६/२७ वर्षको उमेरमा विधवा भएर ६ वर्षको छोरो हुर्काउँदै बसेँ, कति पीडा भयो होला ?’ भन्छिन्, ‘सरकार नै हामीविरुद्ध लाग्यो, अब हामीले कहाँबाट न्याय पाउने ?’

राष्ट्रपतिबाटै अन्याय भएको भन्दै उनले जहाँ जाँदा न्याय पाइन्छ त्यहीँ जाने पौडेलले बताइन् ।

स्राेतः अनलाइन खबर

Related Posts

अरु अभिनेतासंग नभएर शाहरुख खानसंग भएका यी ४ महङ्गा चिज
विचार/ब्लग

अरु अभिनेतासंग नभएर शाहरुख खानसंग भएका यी ४ महङ्गा चिज

कहाँ छैन महिला हिंसा ?
विचार/ब्लग

कहाँ छैन महिला हिंसा ?

अब भ्युटावर कि पुस्तकालयहरू ?
विचार/ब्लग

अब भ्युटावर कि पुस्तकालयहरू ?

हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद
विचार/ब्लग

हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

साउदीमा ‘कफला’ प्रणाली खुकुलो
विचार/ब्लग

साउदीमा ‘कफला’ प्रणाली खुकुलो

सत्ताले कम्युनिस्ट बनाएका ऋषि कट्टेल
विचार/ब्लग

सत्ताले कम्युनिस्ट बनाएका ऋषि कट्टेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

१४ फाल्गुन २०७७
भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

१४ फाल्गुन २०७७
बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

१४ फाल्गुन २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

१४ फाल्गुन २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

१४ फाल्गुन २०७७
मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

१४ फाल्गुन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.