Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

साँघुरियो फेवा ताल

क्षेत्रफल ५.७२६ वर्ग किमि निर्क्योल

अपडेट by अपडेट
१७ फाल्गुन २०७७
0
SHARES
15
VIEWS
FacebookTwitter
साँघुरियो फेवा ताल
ADVERTISEMENT

कृष्णमणि बराल/केशवशरण लामिछाने

पोखरा : नेपाल–भारत सहयोग मिसनको रिपोर्टले २०१८ सालमा फेवा तालको क्षेत्रफल १०.३५ वर्ग किलोेमिटर रहेको उल्लेख गरेको थियो। नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले त्यसकै आधारमा प्रमाण खोजी गर्दै गए। तर, कुनै प्रमाणले त्यसो भनेन। ‘न स्थानीय बूढापाकाका अनुभवले त्यसो भन्यो’, गौतमले भने, ‘त्यही रिपोर्ट आउँदाको बेलाको तालको नक्सा खोजेर नाप्दा पनि भनिएजति भेटिएन।’

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वप्रकाश लामिछानेको नेतृत्वमा फेवा ताल अतिक्रमण जग्गा छानबिन समिति बनाए। उक्त समितिले तालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्गकिमि) रहेको प्रतिवेदन बनायो। इन्जिनियर गौतम सदस्यसचिव रहेको समितिको प्रतिवेदनले भने त्योभन्दा फरक तथ्य निकालेको छ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा पुण्य पौडेलको संयोजकतत्वमा गठित समितिले फेवाको क्षेत्रफल ५.७२६ वर्गकिमि निक्र्याेल गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पौडेल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गरेका हुन्। फेवा तालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक पछिल्लो समितिले निकालेको छ।

फेवा ताल संरक्षण गर्न सीमा कहाँ हो भन्ने यकिन नभएका बेला सीमा निर्धारण र नक्सांकन हुनु ऐतिहासिक उपलब्धि भएको मुख्यमन्त्री गुरुङले बताए। ‘संरक्षणकै लागि सीमांकन भयो, नक्सांकन भयो। अब संरक्षण पनि हुन्छ’, मुख्यमन्त्री गुरुङले भने।

समितिका सदस्यसचिव गौतमले वैज्ञानिक आधारमै क्षेत्रफल निर्धारण र नक्सांकन गरिएको दाबी गरे। गौतमका अनुसार तालको अहिलेसम्मको अध्ययन, वैज्ञानिक आधार, प्रमाणका आधारमा क्षेत्रफल तयार पारिएको हो। सबै अध्ययन, प्रतिवेदनलाई केलाएर त्यसबाट वैज्ञानिक हुने क्षेत्रफल कायम गर्न समितिले सिफारिस गरेको संयोजक पौडेलले बताए।

समितिले तालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी—चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसोपानी रानी वन कायम गर्ने निर्णय गरेको छ। तालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा, अनदु समेतको क्षेत्र)मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मान्ने उल्लेख छ। मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्तीनजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटीछिना मोटरबाटोसम्म सीमांकन कायम गर्ने जनाइएको छ। फेवाको सीमा यकिन हुनु कोसेढुंगा भए पनि अबको काम झन् चुनौतीपूर्ण रहेको संयोजक पौडेलले स्विकारे।

सर्वाेच्च अदालतले फेवाबारे दर्जनौं मुद्दाको २०७६ वैशाख १६ गते फैसला गर्दै संरक्षण गर्न सरकारलाई आदेश दिएको थियो। त्यही फैसलाका लागि गर्नुपर्ने अपरिहार्य काम सीमांकन र नक्सांकन थियो। अबचाहिँ सीमाभित्रका दूषित जग्गा दर्ता बदर मुख्य चुनौतीपूर्ण रहेको पौडेलले बताए। ‘अब तीन महिना दूषित जग्गा छानबिनमा लाग्छौं’, पौडेलले अन्नपूर्ण पोस्ट्सँग भने।

अवैध तरिकाले व्यक्तिका नाममा दर्ता भएको फेवाको जमिन दर्ता बदरका लागि समितिले मालपोत कास्कीलाई सिफारिस गर्नेछ। ‘तालको स्वीकृत सीमाभित्र कति जग्गा व्यक्तिको नाममा छ भन्ने खोजी गर्छौं’, उनले भने, ‘ती जग्गाको दर्ता कुन तरिकाले भयो हेर्छौँ, पुख्र्र्यौली हो कि त्यसै दर्ता गरिएको हेरेर दूषित जग्गा पहिचान गर्छौँ।’ लामिछाने संयोजकत्वको समितिले १६ सय ९२ रोपनी व्यक्तिको नाममा गएको हुँदा बदर गरिनुपर्ने सुझाएको थियो।

सर्वोच्चको फैसला, प्राकृतिक न्यायको सिद्धान्तलगायत विषयवस्तुमा ध्यान दिई ऐन कानुन एवं नीतिमा रही मापदण्ड तय गर्न पोखरा महानगरपालिकालाई निर्देशन दिइने मुख्यमन्त्री गुरुङले बताए। ‘फेवा तालभित्र परेका तथा दूषित दर्ता भएका जग्गाको लगत तगार गर्ने र त्यस्ता जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न भूमिसुधार तथा मालपोत कार्यालय कास्कीमा सिफारिस गर्ने हो,’ उनले भने। तालदेखि ६५ मिटर जमिन खाली गर्ने मापदण्ड लगाउँदा आवश्यक पर्ने मुआब्जासम्बन्धी प्रतिवेदन पोखरा महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको छ।

स्राेतः अन्नपुर्ण पाेष्ट

Related Posts

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल
समाचार

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

काठमाडौंका पाँच स्थानमा ट्राफिक बत्ती जडानको तयारी
समाचार

काठमाडौंका पाँच स्थानमा ट्राफिक बत्ती जडानको तयारी

समाज

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

समाज

उदयपुरको एउटा गाउँमा जन्मेकी राई जस्ले अहिले खान्छिन् २ करोड भन्दा बढी तलव
समाज

उदयपुरको एउटा गाउँमा जन्मेकी राई जस्ले अहिले खान्छिन् २ करोड भन्दा बढी तलव

घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
समाज

घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

१७ फाल्गुन २०७७
बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

१७ फाल्गुन २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

१७ फाल्गुन २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

१७ फाल्गुन २०७७
मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

१७ फाल्गुन २०७७
गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१७ फाल्गुन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.