Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

टालटुले पाइपबाट मेलम्चीको पानी

पुरानै पाइपबाट पानी वितरण गर्न लागिएकाले उपत्यकाका प्रायः सडक जलमग्न हुने सम्भावना

अपडेट by अपडेट
१ चैत्र २०७७
0
SHARES
21
VIEWS
FacebookTwitter
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
ADVERTISEMENT

काठमाडौँ — उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहितको जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौं समस्या भने ज्युँकात्युँ छन् ।

जसले खानेपानी मन्त्रालय सम्हाल्थे, सबैजसो मन्त्रीको पहिलो वाचा मेलम्चीको पानी उपत्यकामा ल्याइछाड्ने नै हुन्थ्यो । कयौं मन्त्री अनि कयौं प्रशासक फेरिए तर उनीहरूको वाचा पूरा भएन । मेलम्चीलाई उनीहरूले केबल सस्तो लोकप्रियताको नारा मात्र बनाए ।

निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रूपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन । ‘चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारीमा छौं,’ मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भने । तर उनले भने जस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन ।

पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी ल्याउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटि पानी छाड्दा केही स्थानमा लिकेज भई सडक जलमग्न बन्ने गरेका छन् । अब मेलम्चीको पानी आउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ । जसले गर्दा काठमाडौंका प्रायः सडक जलमग्न हुने खतरा रहेको स्वयं आयोजनाले नै स्विकारेको छ । ‘कम्तीमा अहिले त सुन्दरीजलसम्म पानी आइसकेको छ,’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडीका) का प्रमुख कमलराज श्रेष्ठले भने, ‘अब समस्या नहोला ।’ टेस्टिङ कमिसनका लागि ठूलो परिणाममा पानी चाहिने उनको भनाइ छ । ‘पानी नआई नयाँ नेटवर्कमार्फत वितरण गर्ने तत्काल सम्भावना छैन,’ उनले भने, ‘तर नभएकै त होइन, नयाँ पाइपलाइनबाट प्रोजेक्ट एरियाको १० प्रतिशत क्षेत्रमा मात्र पानी वितरण हुनेछ ।’ सबै पानी केयूकेएलकै मौजुदा प्रणालीबाट वितरण गरिनेछ । ‘उक्त प्रणालीमा हामीले नयाँ प्रणालीबाट पुरानोमा इन्टरकनेक्सन गरेका छौं,’ उनले भने, ‘यो अन्तरिम व्यवस्थापनका लागि मात्र गरिएको हो ।’ तयारी पूरा नगरीकनै मेलम्चीको पानी ल्याउन हतार गरिएपछि सम्बन्धित निकाय केकसो गर्ने भन्नेमा अलमलिएको छ । ‘मेलम्चीको पानी आएपछि टेस्टिङ कमिसनको कामलाई द्रुत गतिमा लैजानेछौं,’ उनले भने, ‘पानी नआई कामै भएन ।’

उनका अनुसार नयाँ पाइप बिछ्याउने काम पहिलो चरणमा करिब ११ सय किमि सकिएको छ । १० किमि भित्री गल्लीमा पाइप बिछ्याउन बाँकी छ । चालु आर्थिक वर्षमा १ लाख १० हजार धारा जोडिनेछन् । जसमा निजी घर, होटल एवं सार्वजनिक कार्यालय पर्नेछन् । ‘यसमा ८० हजारभन्दा बढीको काम सकिइसकेको छ । तर सकिनेबित्तिकै उपभोक्ताको घरमा पानी जाने भन्ने हुँदैन,’ उनले भने, ‘प्राविधिक परीक्षणका काम गर्नै बाँकी छ ।’ मेलम्चीको पानी आएपछि लिकेज र प्रेसर जाँच गर्दै जाने उनको भनाइ छ ।

‘परामर्शदाताका अनुसार नयाँ नेटवर्कबाट पूरै पानी दिन करिब एक वर्ष लाग्ने अनुमान छ,’ श्रेष्ठले भने, ‘अहिलेसम्म दुई सय किमि पाइपको मात्र परीक्षण गरीएको छ ।’ ट्यांकर र असार, साउनमा वाग्मतीमा जम्मा भएको पानीबाट परीक्षण गरिएको हो । १५ हजार घरका धाराको परीक्षण गरिसकिएको छ । ठूला पाइपको परीक्षण भने हुन सकेको छैन । त्यसैले मेलम्चीको पानी आइसकेपछि नयाँ पाइपलाइनबाट १५ हजार घरमा मात्र वितरण गर्न सकिने उनको भनाइ छ । मुख्य नेटवर्कभित्रको रिङरोड र भक्तपुरको केही क्षेत्र गरी २ लाख २५ हजार केयूकेएलको सेवाभित्रका धारा रहेको श्रेष्ठले बताए । यसमध्ये ७० प्रतिशत क्षेत्रमा पुरानो प्रणालीबाट पानी पठाउन सकिनेछ । रिङरोडभित्रका सबै क्षेत्रमा नयाँ पाइप बिछ्याउने काम पूरा भइसकेको छैन । ‘१ लाख १० हजार धारामा एक वर्षभित्र पानी पुर्‍याउन सकिनेछ, त्यसमध्ये केहीको ठेक्का भएर काम हुँदै छ,’ उनले भने, ‘सात ठाउँका ठूला ट्यांकीमा पानी पुर्‍याइसकिएको छ ।’ १० ठाउँमा ट्यांकी बन्नेछन् । केहीमा पानी पुगिसकेको छैन । सबै गरेर पानीको क्षमता ७ करोड ५० लाख लिटर रहनेछ । डेढ करोड क्षमताका ट्यांकी भने बनिसकेका छैनन् । पहिले नै पानी आएको भए छिटो काम हुने उनको भनाइ छ ।

नयाँ प्रणालीमा ट्यांकी सफा गरेर मात्र पानी वितरण गरिनेछ । केयूकेएलको सिस्टमअनुसार दैनिक पानी पठाइएको छैन । सातामा एक पटक पानी वितरण गर्दा पाइप लिकेज भएर जम्ने गरेको छ । ‘मेलम्चीको पानी आएपछि चौबिसै घन्टा पाइपमा पानी हुँदा स्थिति झन् नाजुक हुन्छ, सडकमा बर्खा लागेजस्तै हुन सक्छ, यसमा शंकै छैन,’ उनले भने, ‘त्यसैले केयूकेएलको सिस्टमले कस्तो प्रतिक्रिया देखाउँछ, सोहीअनुसार नियन्त्रण गर्नुपर्छ ।’ मेलम्चीको मुहानबाट सुरुङमा पानी छाडेर पछिल्लो समय गत फागुन १० गते परीक्षण गरिएको हो, जुन पानी फागुन २२ मा काठमाडौं आइपुगेको हो । पुराना पाइपको आवश्यक फिटिङ तथा मर्मतका लागि टेन्डर भइसकेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । ‘कतिपय ठाउँमा नयाँ पाइप र कतिपयमा पुरानो पाइपबाट पानी वितरण गरिनेछ,’ उनले भने, ‘हाम्रो अनुभव र विज्ञहरूको रायका आधारमा तयारीको काम भइरहेको छ ।’ पानी आउने बेलासम्म सबै तयारी पूरा हुने उनको दाबी छ ।

पहिला सुरुङ पूरा नबन्दा मेलम्ची खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका पूर्वकार्यकारी निर्देशक हरि शर्माले बताए । पानी आउने सुरुङको दूरी २६ किमि छ । पुराना पाइपमा पानी अभाव छ । ‘जुन पुराना र जीर्ण पाइप छन्, मर्मत नभएको दुई–तीन वर्ष भइसकेको छ,’ उनले भने, ‘नयाँ आइहाल्छ, पुरानो किन मर्मत गरेर खर्च गर्ने भनेर केयूकेएलको भनेको छ, बजेट पनि कम छ, जसले गर्दा पानी लिकेज हुने सम्भावना बढी नै छ ।’

सुरुङमा पानी छाडेर फोहोर पखाल्ने काम भएको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी पन्त बताउँछन् । ‘बिहीबारबाट सुन्दरीजलतर्फ बन्द गरेर सुरुङमा पानी जम्मा गर्न थालिएको छ,’ उनले भने, ‘यसबीचमा पानीको लेभल कति बढेको छ, सुरुङको अवस्था के छ, सबै हेर्छौं ।’ यसका लागि दुई साता लाग्ने उनको भनाइ छ । ‘त्यो बेलासम्ममा सुरुङमा पानी पनि भरिन्छ । त्यसपछि प्रशोधन गरेर थोक वितरणबाट वितरणमा आउनेछ,’ पन्तले भने, ‘कतै केही समस्या नआए चैत दोस्रो साताबाट पानी वितरण गरिनेछ ।’

स्राेतः कान्तिपुर

Related Posts

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्
अर्थ खबर

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

काठमाडौँमा विद्युतीय बस आउँदै
अर्थ खबर

काठमाडौँमा विद्युतीय बस आउँदै

२० वर्षपछि खुल्यो भन्सार एजेन्टको विज्ञापन
अर्थ खबर

२० वर्षपछि खुल्यो भन्सार एजेन्टको विज्ञापन

४० वटा बिजुली बस किन्न साझाले गर्‍यो टेन्डर
अर्थ खबर

४० वटा बिजुली बस किन्न साझाले गर्‍यो टेन्डर

कोरोना रोकथाम र खोप अभियानका लागि विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने
अर्थ खबर

कोरोना रोकथाम र खोप अभियानका लागि विश्‍व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ दिने

बैङ्कहरुको ब्याजदरमा सामान्य हेरफेर : अल्पकालिन मुद्दतीको ब्याज बढाउन थाले
अर्थ खबर

बैङ्कहरुको ब्याजदरमा सामान्य हेरफेर : अल्पकालिन मुद्दतीको ब्याज बढाउन थाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

१ चैत्र २०७७
भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

१ चैत्र २०७७
बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

१ चैत्र २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

१ चैत्र २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

१ चैत्र २०७७
मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

१ चैत्र २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.