१८ चैत २०७७,
काठमाडौ । २ पांग्रे सवारी साधनको अनुमति पत्र (लाइसेन्स) मा नयाँ नियम लागू हुने भएको छ । आगामी जेठ १ गतेवाट दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन चाहनेले ७० अंक ल्याए पुग्ने भएको छ जबकी यस अघि सय प्रतिशत अंक ल्याउनुपर्ने प्रणाली थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएपछि यातायात व्यवस्था विभागले जेठ १ गतेबाट कार्यान्वयनमा ल्याउने भएको हो।
मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेको हो। यस अनुसार अब प्रयोगात्मक परीक्षा (ट्रायल) मा कम्तिमा ७० अंक ल्याए पास हुने भएको छ। अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ।