Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

घिउः आयुर्वेदमा किन सर्वोत्तम मानिएको छ ?

अपडेट by अपडेट
१३ असार २०७८
0
SHARES
37
VIEWS
FacebookTwitter
घिउः आयुर्वेदमा किन सर्वोत्तम मानिएको छ ?

१३ असार । भातमा एक चम्चा घिउ मात्र थपिदिए स्वाद दोब्बर बढ्छ । अरु कतिपय खानेकुराको स्वाद र गुणवत्ता बढाउन पनि काइदा हुन्छ, घिउ । भनिन्छ, घिउले खानेकुरालाई शुद्धिकरण गर्छ । हाम्रा पितापूर्खाहरुले खानाका साथ घिउ सेवनलाई अनिवार्य मान्दै आए । त्यसैले घरमा गाइबस्तु पालेरै भएपनि घिउ खानुपर्छ भन्ने मान्यता रह्यो । ‘घिउ खाए, जिउ लाग्छ’ भन्ने जस्ता उक्ति नै छ । धार्मिक अनुष्ठानमा समेत घिउ अनिवार्य मानिन्छ ।

तर, अहिले घिउ खानका लागि गाइबस्तु नै पाल्नुपर्छ भन्ने छैन । बजारमा तयारी घिउ पाइन्छन् । यसरी उपलब्ध घिउ कति गुणस्तरिय हो ? यसमा भने शंका गर्नुपर्ने हुन्छ । किनभने शुद्ध र ताजा घिउ मात्र स्वास्थ्यका लागि लाभदायक छ ।

हृदयरोग भएका वा मोटोपन भएकाहरु घिउ खान डराउँछन् । आयुर्वेदमा भने घिउलाई औषधि मानिन्छ र यसले मोटोपन नियन्त्रणमा समेत सहयोग गर्ने बताइन्छ । घिउलाई सबैभन्दा प्राचिन सात्विक आहारदेखि सर्वदोष निवारण गर्ने खानेकुराको रुपमा समेत लिइन्छ । कलेजो र मिर्गौलालाई स्वस्थ राख्न समेत घिउ उपयुक्त हुन्छ ।

घिउमा स्थिर सेचुरेटेटड तत्व अधिक हुन्छ जसबाट रेडिकल्स निस्कने आशंका एकदमै कम हुन्छ । घिउमा भएको चिल्लोपन शरीरमा सजिलै पच्छ ।

घिउमाथि गरिएको सोधबाट के थाहा भएको छ भने यसले रक्त र आन्द्रामा रहेको कोलेस्टोल कम गर्छ । यस्तो किन हुन्छ भने घिउबाट बाइलरी लिपिड स्राव हुन्छ । यो नाडी प्रणाली र मस्तिष्कका लागि समेत श्रेष्ठ औषधि मानिन्छ ।

यस्तै केही समयअघि अमेरिकन शोधकर्ताहरुले घिउको विषयमा केही अध्ययन गरेका थिए । शोधकर्ताका अनुसार स्वस्थ्य जनवारमा गरिएको एक परीक्षणबाट घिउले नकारात्मक असर नगर्ने देखियो । घिउयुक्त खानेकुराबाट हृदयरोग एवं कोलेस्टोर नबढ्ने उक्त अध्ययनमा पाइयो ।

स्वस्थ्य र तन्दुरुस्तीका लागि घिउलाई एक पौष्टिक आहारको रुपमा लिइएको छ । आयुर्वेदमा यसलाई मोटोपन नियन्त्रणका लागि समेत प्रयोग गर्न सकिने उल्लेख छ । साथसाथै मांशपेशी बलियो बनाउन समेत घिउ जरुरी हुने बताइन्छ । घिउमा क्यालोरी, सेचुरेटेड फ्याट, क्याल्सियम, भिटामिन र प्रोटिन पाइन्छन् ।

आयुर्वेदका अनुसार घिउ स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले जीवन जिउने क्षमता अर्थात दीर्घायुमा मद्दत गर्छ । साथसाथै शरीरमा कतिपय रोग लाग्नबाट समेत बचाउँछ । घिउले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । साथसाथै पाचन प्रक्रियामा पनि सुधार गर्छ । भनिन्छ, घिउले मस्तिष्कको कार्यक्षमता समेत बढाउँछ । घिउले वात र पित्तलाई ठीक राख्छ । यसले कफको समस्या पनि आउन दिदैन ।

अहिले बजारमा थरीथरीका खानेतेल पाइन्छन् । यि तेल हाम्रो भान्साको अनिवार्य हिस्सा पनि हुन् । सागसब्जी पकाउनका लागि तेल नभई हुन्न । तर, चिकित्सकहरुले तेलबाट स्वास्थ्यमा पार्ने खराब असरबारे सचेत गराइरहेका हुन्छन् । बजारमा उपलब्ध तेलको गुणस्तरमाथि पनि ढुक्क हुनसक्ने स्थिती छैन । यस्तो अवस्थामा गाईभैंसीको घिउ सर्वोत्तम हुनसक्छ ।

स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जथाभावी घिउ खानु उचित हुँदैन । भनिन्छ नि, धेरै खायो भने चिनी पनि तीतो हुन्छ । औषधि पनि विष हुन्छ । घिउ पनि उचित मात्रामा खानुपर्छ । घरमै बनाइएको शुद्ध र ताजा घिउ नियमित रुपमा खान सकिन्छ । स्वस्थ व्यक्तिलाई दिनमा दुई चम्चा घिउ शरीरका लागि काफी हुन्छ ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

घरमा मनी प्लान्ट लगाउनुका फाइदा
जीवन शैली

घरमा मनी प्लान्ट लगाउनुका फाइदा

रात्रि व्यवसाय सञ्चालनको समयसीमा हट्यो
जीवन शैली

रात्रि व्यवसाय सञ्चालनको समयसीमा हट्यो

नेपालकै अचम्मको व्यक्ति- श्रीमतीले छोडेपछि कुकुर र गाईवस्तुसँगै सुत्छन्
जीवन शैली

नेपालकै अचम्मको व्यक्ति- श्रीमतीले छोडेपछि कुकुर र गाईवस्तुसँगै सुत्छन्

तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू
जीवन शैली

तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू

लिभिङ टुगेदरमा बस्न केटा चाहियो भन्दै रमिला कार्की मिडियामा
जीवन शैली

लिभिङ टुगेदरमा बस्न केटा चाहियो भन्दै रमिला कार्की मिडियामा

पसिनाको गन्ध हटाउन ४ घरेलु उपाय
जीवन शैली

पसिनाको गन्ध हटाउन ४ घरेलु उपाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

महावुमा श्रद्धालु

महावुमा श्रद्धालु

१३ असार २०७८
अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

१३ असार २०७८
विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

१३ असार २०७८
महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

१३ असार २०७८
नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद

१३ असार २०७८
महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

१३ असार २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.