Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

नेपालमा अमेरिका, जर्मनी सहित ७० बढी देशबाट आउँछन् श्रमिक

अपडेट by अपडेट
६ श्रावण २०७८
0
SHARES
74
VIEWS
FacebookTwitter
नेपालमा अमेरिका, जर्मनी सहित ७० बढी देशबाट आउँछन् श्रमिक

६ साउन । रोजगारीको खोजी गर्दै विदेशिने नेपालीको जमात ठुलो छ । सामान्य अवस्था हुँदो हो त दैनिक झण्डै १५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । नेपालबाट विदेशिने मात्रै होइन, विदेशबाट नेपालमा पनि रोजगारीका लागि श्रमिकहरु आउने गरेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो एक दशकमा १७ हजार बढी विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । यसमा १४ हजार ९ सय २५ पुरुष र २ हजार ७६ जना महिला रहेका छन् ।  ७० भन्दा बढी देशबाट नेपाली कामदार आउने गरेका छन् । जर्मनी, बेलायत, अमेरिका लगायतका देशबाट पनि नेपालका काम गर्न आउने गरेको देखिएको छ ।

विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिए अधिकतम सात वर्षसम्म बस्न पाउने व्यवस्था रहेको विभागका प्रवक्ता  मणिनाथ गोपले बताए । सन् २०१७ देखि ०२१ सम्म (चार वर्षको अवधिमा) ७ हजार ५ सय ८९ जना विदेशी कामदारले नेपालमा रोजगारीको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

यो अवधिमा सबैभन्दा धेरै चिनियाँ कामदारले श्रम स्वीकृति लिएका छन् । उत्पादन, सेवा मूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम अनुमति जारी गरिएको विभागले जनाएको छ । चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, निर्माण क्षेत्र, वस्तुकला, सूचना प्रविधि लगायत क्षेत्रमा काम गर्न आउने विदेशी कामदारलाई पनि श्रम स्वीकृति जारी गर्ने गरेको श्रम विभागले जनाएको छ ।

एउटै आयोजनाका लागि २ सयभन्दा बढी विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको विभागको भनाइ छ । पछिल्लो समय चीन, भारत, दक्षिण कोरिया लगायतका देशले नेपालमा उद्योग, होटल, रेस्टुरेन्ट र अन्य आयोजनामा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । यसरी लगानी गरिएका उद्योग, आयोजना, होटल–रेस्टुरेन्टमा पनि धेरै विदेशीले नै काम गर्ने गरेका छन् ।

भूकम्प पछिको पुनर्निर्माणका लागि पनि  धेरै कामदार नेपाल आएका थिए । नेपाल र भारतको खुल्ला सिमानाका कारण नेपाल आउन अथवा भारत जान भिसाको आवश्यक पर्दैन । यसकारण पनि नेपालमा भारतीय कामदार अझै बढी रहेको छ । उनीहरुको रेकर्ड विभागसँग छैन ।

प्रवक्ता गोपका अनुसार मेडिकल फिल्डमा काम गर्न आउने डाक्टर लगायतका स्वास्थकर्मीले भने मेडिकल काउन्सिलबाट अनुमति लिने गरेका छन् । उनीहरुले कमाएर लैजान सहज होस् भनेर अनुमति लिने गरेको उनले बताए । यस्तै कुनै कम्पनीमा सीईओ बनेर आउनेहरूले पनि अनुमति लिने विभागले जनाएको छ । अन्यथा अन्य काममा लागि आउन अधिकांश अनुमति नलिइ आउने गरेका छन् ।

कुनै विदेशी कामदार नेपालमा अनुमति लिएर आएको छ भने त्यस्ता विदेशी अधिकतम सात वर्षभन्दा बढी बस्न नपाउने प्रावधान छ । सकेसम्म स्वदेशी जनशक्तिलाई नै काम गराउने, नसक्ने अवस्थामा उच्च तहमा मात्र त्यस्ता विदेशी कामदार ल्याउने गरिएको गोपको भनाइ छ । उनले भने, ‘उच्च तहमा ल्याइएका कामदारको अण्डरमा रहेर एक जना नेपालीले काम गर्ने गरी राखिन्छ ताकि उसले सिक्न पाओस् ।’ तर सात वर्षसम्म सो व्यक्तिले सिकिसक्ने भएकाले विदेशी कामदारलाई सात वर्षपछि नेपाल पुनः काम गर्न आउन नपाउने गरी अनुमति खारेज गर्ने गरिएको उनको भनाइ छ ।

नेपालमा जोसुकै कामदार प्रवेश गर्न सक्ने अवस्था हुँदैन । प्राविधिक र दक्ष व्यक्तिलाई मात्र काम गर्न दिइन्छ । दक्ष र प्राविधिकले ३ वर्षसम्म काम गर्न सक्छ र तीन वर्षपछि त्यस्ता व्यक्ति विशिष्ट दक्ष हुनुपर्छ । पाँच वर्षसम्म विशिष्ट दक्ष भएर काम गरेपछि अर्को दुई वर्ष बस्नको लागि भने श्रम मन्त्रालयबाटै स्वीकृति चाहिन्छ । सामाजिक तथा आर्थिक क्षेत्रमा ठुलो योगदान गरेकाहरुलाई मात्र मन्त्रालयले स्वीकृति दिने गरेको विभागको भनाइ छ ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

कृषि बधुवा मजदुरका सवालमा बहुसरोकारवाला बिच नितिगत संवाद
समाचार

कृषि बधुवा मजदुरका सवालमा बहुसरोकारवाला बिच नितिगत संवाद

महिला आयोगकी अध्यक्ष कमला पराजुलीमाथी अपमानजनक व्यवहार गर्नेलाई कारबाही गर्न अनेमसंघको माग
समाचार

महिला आयोगकी अध्यक्ष कमला पराजुलीमाथी अपमानजनक व्यवहार गर्नेलाई कारबाही गर्न अनेमसंघको माग

उचित नीति र कार्यक्रम नहुँदा मानव बेचविखन घट्नुको सट्टा बढ्दै
मुख्य समाचार

उचित नीति र कार्यक्रम नहुँदा मानव बेचविखन घट्नुको सट्टा बढ्दै

अपराध विरूद्धको महासन्धी ‘पार्लेमो प्रोटोकल’ अनुसारको ऐन बनाएर कार्यन्वयन गर्न सके मानव बेचविखनका प्रभावितले न्याय पाउने :कृष्णभक्त पोखरेल
समाचार

अपराध विरूद्धको महासन्धी ‘पार्लेमो प्रोटोकल’ अनुसारको ऐन बनाएर कार्यन्वयन गर्न सके मानव बेचविखनका प्रभावितले न्याय पाउने :कृष्णभक्त पोखरेल

अपाङ्ता भएका व्यक्तिलाई घरभित्रै बाँधेर वा न्युनतम सुविधा विना नै लुकाएर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने
समाचार

अपाङ्ता भएका व्यक्तिलाई घरभित्रै बाँधेर वा न्युनतम सुविधा विना नै लुकाएर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने

बुढानिलकण्ठ नगरपालिकामा दोस्रो डब्लु बि सी मुवा थाई राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुने
Uncategorized

बुढानिलकण्ठ नगरपालिकामा दोस्रो डब्लु बि सी मुवा थाई राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

महावुमा श्रद्धालु

महावुमा श्रद्धालु

६ श्रावण २०७८
अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

६ श्रावण २०७८
विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

६ श्रावण २०७८
महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

६ श्रावण २०७८
नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद

६ श्रावण २०७८
महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

६ श्रावण २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.