Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक?

अपडेट by अपडेट
७ श्रावण २०७८
0
SHARES
109
VIEWS
FacebookTwitter
जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक?

७ साउन । जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ।यसको प्रयोगलाई लिएर विभिन्न टीकाटिप्पणी तथा बहस भइरहेको छ। कोभिसिल्ड तथा सिनोफर्माद्वारा उत्पादित भ्याक्सिन (भेरोसेल) पनि सुरू हुनुपूर्व यस्तै तर्क/वितर्क भएका थिए।

जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ अमेरिकाको एफडिएले २७ फेब्रुअरी, २०२१ मा आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो। हाल युरोपियन युनियन लगायत कोभ्याक्स सुविधा अन्तर्गत विश्वका विभिन्न देशमा यो भ्याक्सिन वितरण गरिँदैछ।

हालै अमेरिकी सरकारले अफ्रिकी युनियनलाई झन्डै २५ मिलियन डोज कोरोना विरूद्धको खोप (जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन) सहायता स्वरूप दिने प्रतिबद्धता जनाइसकेको छ भने जुन केही हप्ताभित्र ४९ अफ्रिकी मुलुकहरूले पाउने छन्। थप ४०० मिलियन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ को डोज खरिद सम्झौता भैसकेको १२ जुलाईको प्रेस विज्ञप्तिमा गाभीले जनाएको छ।

नेपालले पनि अमेरिकाबाट केही दिन अगाडि मात्र जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ को साढे एक मिलियन डोज प्राप्त गरिसकेको छ।

भ्याक्सिनले कसरी काम गर्छ?

जानसेन कोभिड-१९ भ्याक्सिनलाई ‘भाइरल भेक्टर भ्याक्सिन’ पनि भनिन्छ अर्थात् एडेनो भाइरसमा कोरोना भाइरसको स्पाइक जीनलाई प्रयोग गरी मानव शरीरमा प्रवेश गराइन्छ। एडेनो भाइरस सामान्य रुघाखोकी गराउने भाइरस भएता पनि शरीरमा प्रवेश गरेपछि यसलाई प्रतिकृत नहुने गरी तयार गरिएको हुन्छ। कोषिकामा हुने विभिन्न प्रक्रिया पार गरेपछि शरीरले भाइरसको स्पाइक प्रोटिन विरूद्ध एन्टिबडी तयार पार्दछ।

प्राकृतिक रूपमा कोरोना भाइरसले संक्रमण गरे एन्टिबडीले भाइरसलाई तत्काल निष्क्रिय बनाउँदछन् र संक्रमण जटिलतातिर जान पाउँदैन। शरीरमा प्रवेश गर्न भाइरसले स्पाइक प्रोटिनको प्रयोग गर्ने गर्दछ। हाल प्रयोगमा आइरहेको कोभिड-१९ विरूद्धका खोप ‘कोभिसिल्ड’ (एक्स्ट्राजेनेका/अक्सफोर्ड) तथा ‘स्पुतनिक भी’ पनि यही प्रविधिमा आधारित छन्।

अरू भ्याक्सिनभन्दा के फरक छ?

भ्याक्सिन भण्डारणमा फाइजर तथा मोडर्नालाई जस्तो अल्ट्राचिस्यनको (माइनस ७० डिग्री सेन्ट्रिग्रेड) आवश्यकता पर्दैन। माइनस बीस डिग्री सेन्ट्रिग्रेडमा (-२० डिग्री सेन्ट्रिग्रेड) दुई वर्ष र सामान्य रेफ्रीजेरेसनमा (२ देखि ८ डिग्री सेन्ट्रिग्रेडमा) तीन महिनासम्म प्रयोग गर्न सकिन्छ।

अर्को मुख्य फरक वा आकर्षण भनेको एक डोजको मात्रा लिए पुग्नु हो। हाल अधिकांश देशहरूले खोप बिना प्रवेश नदिने वा सो देशमा प्रवेश दिए पनि क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ। छोटो समयमा विदेश जानु पर्नेहरूको प्राथमिकतामा यो खोप परेको देखिन्छ।

खोपपछि कस्ता स्वास्थ्य समस्या देखिन सक्छन्?

खोप लगाइसकेपछि कसैलाई स्वास्थ्य समस्या देखिन सक्छ, कसैलाई देखिँदैन। ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ मा पनि देखिन सक्ने स्वास्थ्य समस्याको बारेमा समय-समयमा अद्यावधिक गराउँदै आइरहेको देखिन्छ। केही समय अगाडि रगत जम्ने (थ्रोमबोसिस) सँगै रगतमा प्लेटेलेट्स संख्यामा कमी देखिएपछि खोपलाई स्थगित गर्दै एफडिए र सिडिसीको संयुक्त टोलीले अनुसन्धानलाई अगाडि बढाएको थियो।

यो समस्यालाई ‘थ्रोमबोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम’ भन्ने पनि गरिन्छ। कडा समीक्षापछि खोप सुरक्षित रहेको निर्क्यौलसँगै खोपलाई निरन्तरता दिने निर्णय गरेको थियो।

यस्तो समस्या १८ वर्षदेखि ५९ वर्षका विशेष गरेर महिलालाई बढी हुनसक्ने जनाइएको छ। केहि दिन अगाडिमात्र एफडिएले खोप लगाएको ४२ दिनभित्र नसासँग सम्बन्धित दुर्लभ मानिने ‘गियान बार सिन्ड्रोम’ को जोखिम बढ्न सक्ने जानकारी गराएको थियो। सिडिसीका अनुसार यो समस्या विशेषत पुरूष र ५० वर्षभन्दा माथिकामा देखिएको भनिएको छ। तर एफडिए र सिडिसीले तत्काल खोपलाई स्थगित गर्नुपर्ने आवश्यकता नभएको जनाएका छन्।

यी दुवै दुर्लभ समस्या कोभिसिल्ड भ्याक्सिन (एक्स्ट्राजेनेका/अक्सफोर्ड) मा पनि देखिएका थिए। खोप लगाएपछि हातखुट्टा झम-झममाउने वा कमजोर हुने, अनुहारका मांसपेशिकाहरू चलाउन असहज भए, हिँडडुल गर्न कठिनाइ भए, आँखा चलाउन अप्ठ्यारो वा डबल आकृति देखिने, दिसा पिसाब नियन्त्रण गर्न गाह्रो भए तुरून्त चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ।

अन्तमा, हाल नेपालमा कोभिसिल्ड तथा सिनोफर्माको ‘भेरोसेल’ भ्याक्सिनहरू प्रयोगमा आइसकेका/आइरहेका भएता पनि नेपाली समुदायमा के/कस्तो, कुन उमेर समूहका तथा कस्तो अवस्थामा स्वास्थ्य समस्या देखिएका थिए/छन् भन्ने जानकारी सार्वजनिक भएका छैनन्। यस्तो जानकारीले आगामी दिनमा भ्याक्सिन छनोटमा सहजता हुनेछ। किनभने कोरोना भाइरसको उतारचढाव अझै लम्बिन सक्ने संकेतसँगै थप सुरक्षित खोपको आवश्यकता पनि पर्नेछ।

(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटमा संयोजकका रूपमा कार्यरत छन्। )

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

‘अब पनि पाठ नसिके  हाम्रो भविष्य छैन’
विचार/ब्लग

‘अब पनि पाठ नसिके हाम्रो भविष्य छैन’

नियमनकारिले के गर्ला भनेर कहिल्ये सम्म त्रसित हुने सेयर बजार,प्रकाश सापकोटा
विचार/ब्लग

नियमनकारिले के गर्ला भनेर कहिल्ये सम्म त्रसित हुने सेयर बजार,प्रकाश सापकोटा

भर्चुअल प्रेमिका
विचार/ब्लग

भर्चुअल प्रेमिका

छाउ, नछुनी, पिरियड अर्थात् रजस्वला यस कारण बार्नुपर्छ
विचार/ब्लग

छाउ, नछुनी, पिरियड अर्थात् रजस्वला यस कारण बार्नुपर्छ

बिबादित नागरिकता बिधयक बारे धारणा
विचार/ब्लग

बिबादित नागरिकता बिधयक बारे धारणा

ओली र विद्या घाँसभित्र लुकेका हरिया सर्पहरु हुन् – भरत दाहाल
विचार/ब्लग

ओली र विद्या घाँसभित्र लुकेका हरिया सर्पहरु हुन् – भरत दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

७ श्रावण २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

७ श्रावण २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

७ श्रावण २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

७ श्रावण २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

७ श्रावण २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

७ श्रावण २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.