Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

जो लाखौं कमाउने व्यवसाय छाडेर खेतीमा लागे

अपडेट by अपडेट
२० भाद्र २०७८
0
SHARES
16
VIEWS
FacebookTwitter
जो लाखौं कमाउने व्यवसाय छाडेर खेतीमा लागे

महोत्तरी एकडाँरा गाउँपालिका–४ का जासर यादव काठमाडौं बसेर लाखौं कमाइ गर्ने काम छाडेर खेतीपाती गर्न थालेका छन्। केही दिन अघिसम्म उनलाई चिनेजानेका र आफन्त अधिकांशले ‘बौलायो’ भन्थे। उनलाई मान्ने धेरैजसो साथीभाइ र आफन्तले कृषिमा लागेपछि साथै छोडिदिए। परिवारमा कलह हुँदा बुवा रिसाएर बोल्नै छाडे भने भाइ छुट्टिएर बस्न थाले। सबैले साथ छाड्दा पनि उनले आफ्नो कृषि सपना छाडेनन्।

एक वर्ष अघिसम्म जासर युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर चलाउँथे। काठमाडौंमा कार्यालय थियो। उनका अनुसार महिनामै पाँच-सात लाख कमाइ हुन्थ्यो। जासरले म्यानपावर व्यवसाय छाडी त्यसबाट कमाएको पैसा खेतीमा लगानी गरेका हुन्। अहिले उनले रौतहट र महोत्तरीमा गरी ६५ विघा जग्गामा खेती गरिरहेका छन्। यसमध्ये ५३ विघामा माछा, हाँसको अण्डा, कागती, तरकारी, केरा, मेवा, लगायत खेती भइरहेको छ भने १२ विघा खनजोत गरेर केही बाली लगाउन तयार राखेका छन्।

‘यो काम थाल्दा घर-परिवारदेखि सबैजसो चिनजानकाले मलाई यो बौलायो भनेर गाली गरे। भएभरको जम्मै सम्पत्ति बेचेर डुबाउँछ, आफ्नो दुर्दशा आफैं लेखिसक्यो भन्थे,’ जासरले सुनाए। जोखिम नलिइ अघि जान सकिन्न भन्ने उनलाई लाग्थ्यो। यो भनाइ उनी राजनीतिमा लाग्दा त्यो बेला उनले मानेका नेता सिके राउतले सिकाएका थिए। जासरलाई यो भनाइ मन परेको मात्र थिएन, आत्मसात पनि गर्दै थिए। त्यसैले अरू रिसाए पनि उनले वास्ता गरेनन्। ‘अहिले अलिअलि आम्दानी आउन थालेपछि धेरैले पागल भन्न छोडेछन्’, उनले हाँस्दै भने।

जासर आफ्नो घरगाउँ छाडेर पैसा कमाउन निस्किएको झन्डै तीस वर्ष हुन आँट्यो। नौ कक्षासम्म मात्र पढेर उनी काठमाडौं हिँडेका थिए। काठमाडौंमा केही समय दुःखजिलो गरेपछि उनले काठको काम थाले। काठका सामान बेच्न थाले। त्यतिखेर काठको काम गर्ने मानिस कम भएकाले आम्दानी राम्रो भयो। दिनप्रतिदिन कमाइ बढ्न थाल्यो।

झन्डै बीस वर्ष काठको काम गरेपछि जासरले २०७० सालमा काठमाडौं, बसुन्धरामा म्यानपावर कम्पनी खोले। त्यतिखेर उनीसँग बचत ३० लाख रूपैयाँ थियो। त्यही धरौटी राखेर अग्रिम ओभरसिज नामक कम्पनी खोलेका थिए। गोकर्ण विष्ट श्रम तथा रोजगारमन्त्री बनेपछि म्यानपावर कम्पनी चलाइराख्न दुई करोड रूपैयाँ धरौटी पुर्‍याउनुपर्ने प्रावधान आयो। म्यानपावरको कमाइ राम्रो भएकाले धरौटी राख्न गाह्रो भएन। ‘अग्रिम ओभरसिज म्यानपावरबाट बर्सेनि चार सयदेखि पाँच सय जनालाई विदेश पठाइन्थ्यो,’ उनले भने।

व्यवसाय गर्दागर्दै उनलाई राजनीतिको चस्का पसेको थियो। २०६३ सालपछि मधेस आन्दोलनले धेरै युवालाई झैं उनलाई पनि आन्दोलित बनायो। मधेशको मुद्दालाई लिएर विभिन्न राजनीतिक दल हुँदै उनी तत्कालीन स्वतन्त्र मधेस गठबन्धनमा लागे। व्यवसायी जासरलाई लाग्न थालेको थियो, मधेस समृद्ध बनाउने खालको राजनीति गर्नुपर्छ।

कृषिमा क्रान्ति ल्यायो भने मधेसको समृद्धि हुन्छ भन्ने उनले राजनीतिमा लाग्दै सुनेका थिए। सिके राउतको अभियानको एउटा नारा नै थियो कृषि क्रान्ति। आफ्नै खेतबारीमा हुने उब्जनीबाट पैसा कमाएर जनतालाई आर्थिक रूपले सम्पन्न बनाउने आइडिया उनलाई खुब मन परेको थियो। उनले त्यतिबेलै कृषि गर्ने सोच बनाएका थिए।

तर विस्तारै जासरको गठबन्धन नेता राउतसँग भरोसा उठ्दै गयो। राउतसँग आस मरेपछि राजनीति छाडेर उनी पूर्ण रूपमा कृषि कर्ममा लागेको बताउँछन्। ‘समृद्ध मधेस बनाउन हामी पटक-पटक जेल गयौं। धेरैले आफ्नो भविष्य दाउमा लगाएर उहाँको पछि लागे। तर उहाँले प्रलोभनमा फसेर जनतालाई धोका दिएपछि उहाँको साथ छाडेँ,’ उनले भने।

राउतको पार्टीमा उनी विदेश विभाग सम्हाल्थे। उनी पाँच वटा देश पुगेर संगठन विस्तार गरे। संगठन निर्माण गर्न जाँदा विदेशमा नेपालीको अवस्था देखे। ‘खाडीमा युवाहरूलाई मेसिनजस्तै प्रयोग गरिने रहेछ। न श्रम अनुसार पैसा छ, न सम्मान। मधेसी समुदायका व्यक्तिले त्यहाँ झन् बढी कष्ट भोग्नुपरेको देखेँ,’ जासरले सम्झिए, ‘हामीले पठाएका कामदारलाई सम्झौता अनुसार काम नदिइने रहेछ। आफ्नैबाट पनि दिनहुँ ठगिएको गुनासो सुन्नुपर्ने।’ तीमध्ये कतिपय ठगिएको पूर्व म्यानपावर व्यवसायी जासरले पनि स्वीकारे।

दुई करोड धरौटी राखेर व्यवसाय गरे पनि सम्मान पाउनु त कता, सबैले ठग/दलाल भन्थे। विदेशमा नेपालीका दुःख देखेपछि उनलाई ‘मान्छेले ठिकै भनेका रहेछन्, यो पेसा नै यस्तो रहेछ’ भन्ने लाग्न थाल्यो। विदेशमा युवाले भोगेका कष्ट र गुलामीपन देखेर आफू खिन्न भएको उनले बताए। अनि जासरलाई मान्छे विदेश पठाउने काम गर्न मन लाग्न छाड्यो। यही बेला राजनीतिमा हुँदा लगाएको नारा कृषि क्रान्तिले उनलाई राहत दियो।

कृषि थाले यहीँ धेरै युवालाई रोजगारी दिन सक्छु भन्ने सोचले ऊर्जा थप्यो। म्यानपावर कम्पनीमा लगाएको लगानी कृषिमा खन्याउने योजना बनाउन थाले। यो योजना बनाउँदै गर्दा काठमाडौंमा अमेरिकी संस्था ‘आइडिया’ ले कृषिबारे दिएको तालिममा उनी सहभागी भए। त्यो तालिममा उनले कतारको कथा सुने। चौतर्फी नाकाबन्दी हुँदा पनि कृषिमा आत्मनिर्भर भएकाले कतारलाई केही असर नपरेको कथाले उनलाई दंग बनायो। आधुनिक हिसाबले कृषि पेसा गर्दा व्यक्ति, समाज र देशलाई हुने फाइदाबारे दिइएको कक्षाले जासर प्रभावित भए।

‘तालिम दिने संस्थाले हामीलाई उनीहरूकै फर्ममा काम गर्ने प्रस्ताव पनि राख्यो। तर मैले त्यही आइडियामा आफैं खेती गर्ने योजना बनाएँ,’ उनले भने, ‘युट्युब र कृषि विज्ञबाट आधुनिक खेतीबारे सल्लाह लिएँ। सम्भावना अध्ययन गरी जग्गा छानेर खेती सुरू गरेँ।’

उनले पोहोर वैशाखमा रौतहटको फतुवा विजयपुर नगरपालिका—५ स्थित एउटा स्कुलको २५ विघा जग्गा लिज लिएर काम थालेका हुन्। खेती सुरू गर्दा उनको पेटमा केही गर्ने आगो रन्केको थियो। यो ताप उनका चिनजानका कसैले सहन सकेनन्। अनेकथरी भने, साथ दिएनन्। तर जासरकी पत्नीले उनलाई कहिल्यै एक्लो अनुभव हुन दिइनन्। सधैं उनको आड बनेर हौसला दिइरहिन्। ‘म कृषिमा लाग्छु भन्दा सबैतिरबाट एक्लिएँ। पत्नीले भने पूरै आडभरोसा दिइन्,’ जासरले आफ्नी जीवनसाथीबारे भने, ‘उनले दिएको हौसलाकै कारण मलाई पछि फर्किनुपरेन।’

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै
विशेष

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै

लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजाल तारकेश्वर द्धारा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विशेष

लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजाल तारकेश्वर द्धारा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस चाैतारीकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन
विशेष

प्रेस चाैतारीकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन

१ अर्ब २० करोड लगानी गरेर पूर्वमन्त्री राई कुखुरा पालन र कृषि उद्योगमा
विशेष

१ अर्ब २० करोड लगानी गरेर पूर्वमन्त्री राई कुखुरा पालन र कृषि उद्योगमा

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला हुने
विशेष

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला हुने

‘कटिया हाउस’मा हिमालदेखि तराईसम्मका परिकार
विशेष

‘कटिया हाउस’मा हिमालदेखि तराईसम्मका परिकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

२० भाद्र २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

२० भाद्र २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

२० भाद्र २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

२० भाद्र २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

२० भाद्र २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

२० भाद्र २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.