Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

नेपालमा हाइड्रोजनको उत्पादन, भविष्यमा पेट्रोलियम पदार्थको विस्थापन

अपडेट by अपडेट
६ आश्विन २०७८
0
SHARES
66
VIEWS
FacebookTwitter
नेपालमा हाइड्रोजनको उत्पादन, भविष्यमा पेट्रोलियम पदार्थको विस्थापन

सरकारले नीति नियम बनाएर अगाडी बढेमा अब १० वर्षभित्र नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासलाई विस्थापित गर्न सकिने विज्ञहरूले बताएका छन् । काठमाडौँ विश्वविद्यालयको खोज अनुसन्धान र नेपाल आयल निगमको सहयोगमा ‘ग्रीन हाइड्रोजन’ उत्पादन गर्ने सम्भावना बारेमा बहस शुरु भएको हो ।

हाइड्रोजन उत्पादनबारे विभिन्न देशले नीति नै बनाएर अगाडी बढिसकेको विश्वविद्यालयका हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा. विराज सिंह थापाले जानकारी दिए । उनी भन्छन्, ‘नर्वे सन् २०२५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार बिक्री बन्द गर्ने योजनामा छ । बेलायतले २०२५ पछि आफ्नो देशमा कोइला प्रयोग गर्न नपाउने कानुन ल्याएको छ ।’ उनका अनुसार अमेरिका, चीन लगायतका देशले पेट्रोलियम पदार्थको उत्पादन र प्रयोगलाई शून्यमा झार्ने योजना बनाइरहेका छन् । छिमेकी देश भारतले समेत पेट्रोलियम पदार्थलाई विस्थापन गर्दै हाइड्रोजनबाट सवारी साधन चलाउने नीति ल्याइसकेको उनले बताए । ‘भारतको दिल्लीबाट जयपुरसम्म केही सङ्ख्यामा हाइड्रोजनबाट चल्ने बस सुरु भइसकेको छ,’ प्रा. डा थापाले भने ।

नेपालमा जलविद्युतबाट हाइड्रोजन निकाल्न सकिन्छ । अन्य ऊर्जाका स्रोतबाट पानीलाई वैज्ञानिक विधि अपनाएर टुक्राउँदा हाइड्रोजन ग्यास निस्किन्छ । ‘दैनिक रातिको समयमा खेर गएको बिजुलीलाई प्रयोग गरेर हाइड्रोजन निकाल्न मिल्छ,’ काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले भने । फाल्नुपर्ने बिजुलीलाई हाइड्रोजनमा रूपान्तरण गर्ने हो भने प्रतिकेजी एक डलरसम्ममा उत्पादन गर्न सकिने हुनाले विश्व बजारसँग खुलेर प्रतिस्पर्धा गर्न सकिने उपकुलपति थापाले बताए । अहिले विश्व बजारमा हाइड्रोजनको मूल्य प्रतिकेजी ५ डलर तोकिएको छ ।  नेपालले उत्पादन गरेको हाइड्रोजनको मूल्य कम हुने बित्तिकै विश्व बजार पक्कै आकर्षित हुने उनको तर्क छ । यो नै मुलुक समृद्ध बनाउने उपयुक्त उपाय पनि बन्न सक्ने उपकुलपति थापाले बताए ।

१ किलोग्राम हाइड्रोजनबाट ५० युनिट बिजुली निकाल्न सकिन्छ । २ किलो हाइड्रोजन सिलिन्डरमा भर्ने हो भने त्यो १ सय युनिट बराबरको बिजुली हुन्छ । १ केजीले करिब ८० किलोमिटरसम्म सवारी साधन चल्न सक्छ । ब्याट्रीभन्दा चार सय गुणा हलुका हुने भएकाले यसले ठूला तथा मालबाहक गाडी, जहाज आदि सबै यातायातका साधन सञ्चालनका लागि सहज बनाउने उनको भनाइ छ । खाना पकाउन, उद्योग कलकारखाना चलाउन पनि यसको प्रयोग गर्न सकिन्छ । युरिया मल बनाउन, फलाम खानी चलाउन यो अति आवश्यक भएको विश्वविद्यालयका हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा. थापाले बताए । बैङ्क, सपिङ कम्प्लेक्स आदिका लागि जेनेरेटरभन्दा यो धेरै राम्रो विकल्प हुन सक्छ ।

नेपाल आयल निगमको सहयोगमा विश्वविद्यालयले ग्रीन हाइड्रोजन ल्याब समेत स्थापना गरेको छ । सोमबार धुलिखेलमा राष्ट्रिय सञ्चार केन्द्रको संयोजनमा आयोजित एक कार्यक्रममा निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘अबको केही दशकमा हाइड्रोजन ऊर्जाको विकल्प हुने देखिन्छ त्यसैले निगमले अनुसन्धानमा साथ दिएको हो । ’

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको  प्रमुख -उपप्रमुखमा  एमाले विजयी
समाचार

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको प्रमुख -उपप्रमुखमा एमाले विजयी

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता
समाचार

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै
समाचार

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

पाँच दिनभित्र मतगणना  सम्पन्न गर्न आयोगको निर्देशन
समाचार

पाँच दिनभित्र मतगणना सम्पन्न गर्न आयोगको निर्देशन

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
समाचार

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी
समाचार

बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको  प्रमुख -उपप्रमुखमा  एमाले विजयी

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको प्रमुख -उपप्रमुखमा एमाले विजयी

६ आश्विन २०७८
काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता

६ आश्विन २०७८
२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

६ आश्विन २०७८
पाँच दिनभित्र मतगणना  सम्पन्न गर्न आयोगको निर्देशन

पाँच दिनभित्र मतगणना सम्पन्न गर्न आयोगको निर्देशन

६ आश्विन २०७८
बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

६ आश्विन २०७८
बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

६ आश्विन २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.