११ असोज । जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणको सुनुवाइ शुरु भएको छ । आइतबार बिहान जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो । उहाँले उक्त सुनुवाइ भने अन्तिम नभएको बताउनुभयो ।
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा ३८ क्विन्टल सुन तस्करी प्रकरण बाहिर आएको थियो ।तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा मृत्यु भएको थियो । शाक्यको हत्याको अनुसन्धानका क्रममा उक्त सुन तस्करीबारे पत्ता लागेको थियो ।