Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

होटलमा बन्धक बनाएर विद्युतका कर्मचारीमाथि आक्रमण

अपडेट by अपडेट
१४ आश्विन २०७८
0
SHARES
31
VIEWS
FacebookTwitter
होटलमा बन्धक बनाएर विद्युतका कर्मचारीमाथि आक्रमण

विराटनगर महानगरपालिका–१२ मा रहेको इष्ट्रन स्टार होटलमा बन्धक बनाएर विद्युत प्राधिकरणका कर्मचारीमाथि बुधबार आक्रमण गरिएको छ। विद्युत प्रयोग गरेवापत लामो समयदेखिको बक्यौता रकम नतिरेको पाइएपछि बिजुलीको लाइन काट्नलाई कर्मचारीको टोली होटलमा पुगेको थियो।

प्रहरीका अनुसार होटलका सञ्चालक विराटनगर–१ घर भएका तुलसी पोखरेलले प्राधिकरणका कर्मचारीमाथि आक्रमण गरेको पाइएको छ। पोखरेलको नेतृत्वमा होटलका सुरक्षागार्ड र कर्मचारीसमेत मिलेर इलेक्ट्रिसीयन तारानाथ खतिवडामाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ। कुटपिटबाट खतिवडाको गाला सुन्निएको, ओठ फुटेको र निधारको देब्रे पाटो फुलेको छ। ‘प्राधिकरणको पत्र सहित लाइन काट्दै जाने क्रममा होटलमा पुग्यौं’, खतिवडाले भने, ‘होटलमा छिर्नासाथ गेट बन्द गर्दै आधा घण्टाजति थुनेर गुन्डागर्दी शैलीमा आक्रमण गरियो।’ खतिवडाले भने, ‘इँटाले हानेका थिए। छलिएर बाँच्न सफल भएँ। बारम्बार ममाथि मुक्का र लात्ता प्रहार गरे।’

उनका अनुसार प्राधिकरणले दिएको पत्र देखाउनसाथ पोखरेलले तथानाम गालीगलौज गरेका थिए।  ‘म को हो तैंले चिनेको छस् ? तँलाई यहीँ खाल्डो खनेर गाडिदिन्छु भन्दै धम्क्याए’, खतिवडा भन्छन्, ‘अफिसले दिएको जिम्मेवारी पूरा गर्न आएका हौँ भनेर हामीले भनेपछि आक्रमण गर्न थालियो। भाग्न खोज्दा गेट बन्द गरेर बन्धक बनाइयो।’ होटल सञ्चालकले बन्धक बनाएका कर्मचारीलाई प्रहरी र विद्युत प्राधिकरणबाट अरु कर्मचारी पुगेर उद्धार गर्दै बाहिर निकालेका थिए। पोखरेलले प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्कालाई पनि टेलिफोनमा अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गर्दै धम्क्याएको एक कर्मचारीले बताए। उनका अनुसार फोनमा भन्दा पनि कार्यालयमै कुरा गरौँला भन्दा पोखरेलले तथानाम गाली गरे।

प्राधिकरणका अनुसार पोखरेल सञ्चालक रहेको होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ। समयमा शुल्क नबुझाएका कारण त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ। पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न आलटाल गरेपछि होटलको लाइन काट्न कर्मचारीको टोली खटाइएको प्राधिकरणले जनाएको छ।

होटल सञ्चालक पोखरेल विराटनगरका जग्गा कारोबारी पनि हुन्। एमालेमा रहेर राजनीतिक गतिविधीमा समेत संलग्न हुँदै आएका उनी प्रदेश १ की तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकार समेत थिए।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

ड्रोनबाट घरको विवरण सङ्कलन
प्रदेश

ड्रोनबाट घरको विवरण सङ्कलन

कांग्रेसको क्षेत्रीय सभापतिमा र अधिवेशनमा प्रअ, शिक्षक र कर्मचारी निर्वाचित
प्रदेश

कांग्रेसको क्षेत्रीय सभापतिमा र अधिवेशनमा प्रअ, शिक्षक र कर्मचारी निर्वाचित

बसन्त सुवेदी अर्थात् ‘सर्पको साथी’
प्रदेश

बसन्त सुवेदी अर्थात् ‘सर्पको साथी’

प्रदेश २ को मुख्यमन्त्रीको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता
प्रदेश

प्रदेश २ को मुख्यमन्त्रीको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता

३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङमा जारी
प्रदेश

३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङमा जारी

भन्सार एजेन्ट कारबाहीमा
प्रदेश

भन्सार एजेन्ट कारबाहीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

१४ आश्विन २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

१४ आश्विन २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

१४ आश्विन २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

१४ आश्विन २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

१४ आश्विन २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

१४ आश्विन २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.