Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

गैरकानूनी टेलिभिजन प्रधानमन्त्रीबाटै उद्घाटन

अपडेट by अपडेट
५ मंसिर २०७८
0
SHARES
8
VIEWS
FacebookTwitter
गैरकानूनी टेलिभिजन प्रधानमन्त्रीबाटै उद्घाटन

५ मंसिर, काठमाडौँ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चार माध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । तर प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे ।

देउवाले उद्घाटन गरेका यी दुई च्यानल सम्बन्धित निकायमा दर्ता समेत नभएको पाइएको छ । राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारण सम्बन्धी निर्देशिका २०६० ले रेडियो र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर पतञ्जलिका टेलिभिजन विभागमा दर्ता छैनन् । ‘दर्ताका लागि आवेदन नै आएको छैन,’ विभागका महानिर्देशक गोगन बहादुर हमालले भने । ‘हामी ती टेलिभिजन च्यानलले प्रसारण सुरु गरे/नगरेको बारे अध्ययन गर्न समिति गठन गर्छौं । प्रसारण सुरु गरिसकेको भए कानून बमोजिम कारबाही हुन्छ,’ हमालले भने । यी टेलिभिजनमा आचार्य बालकृष्ण र योगगुरु रामदेवको लगानी भएको भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानी रहेको जनाइएको छ ।

अनुमति लिन संस्था दर्ताको आधिकारिक प्रमाणपत्र, स्पष्ट उद्देश्य खुल्ने संस्थाको विधान, उक्त टेलिभिजनमा प्रयोग हुने उपकरण तथा जिओकोर्डिनेटेड टोपोग्राफिक नक्सा लगायत चाहिन्छ । सम्बन्धित घरधनीको जग्गाधनी लालपुर्जा र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि लगायत विवरण पनि सूचना तथा प्रसारण विभागमा बुझाउनुपर्छ । इजाजत अनुमतिपत्र लिन आउँदा संस्थाका सञ्चालकहरूको चारित्रिक अवस्था र चालचलन बुझी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पठाएको पत्र समेत हुनुपर्छ ।

पतञ्जलिका गैरकानूनी टेलिभिजन उद्घाटनमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत पुगेका थिए । आध्यात्मिक र आयुर्वेदसँग सम्बन्धित कार्यक्रम उत्पादन गर्ने भनिएका ती टेलिभिजन व्यावसायिक उद्देश्यले आएको जनाइएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बाचा समेत गरेका छन् । विशेष आर्थिक क्षेत्र (सेज) का एक उच्च अधिकारीका अनुसार सरकारले कुनै उद्योग–व्यवसायलाई जग्गा उपलब्ध गराउन मुख्यगरी तीन वटा उपायहरु हुन्छन्– सेजको जग्गा उपलब्ध गराउने, औद्योगिक क्षेत्रको जग्गा दिने र बाहिरको जग्गा भए मन्त्रिपरिषद्को निर्णयबाट दिने । तर पतञ्जलिलाई उद्योग सञ्चालनकै लागि जग्गा दिने भनेर कुनै पनि मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छैनन् ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।
समाचार

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।
समाचार

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।
समाचार

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

Pokhara Regional Int’l Airport to Operate Soon
समाचार

Pokhara Regional Int’l Airport to Operate Soon

‘No Horn’ Policy
समाचार

‘No Horn’ Policy

नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।
Uncategorized

नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

महावुमा श्रद्धालु

महावुमा श्रद्धालु

५ मंसिर २०७८
अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

५ मंसिर २०७८
विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

५ मंसिर २०७८
महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

५ मंसिर २०७८
नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद

५ मंसिर २०७८
महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

५ मंसिर २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.