Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू

अपडेट by अपडेट
९ मंसिर २०७८
0
SHARES
42
VIEWS
FacebookTwitter
तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू

१० मंसिर, काठमाडौं । पृष्ठभूमिमा एक आँखे प्रवेशद्वार र सम्मुखको मञ्चमा छरिएको रंगबिरंगी प्रकाश-पुञ्जबाट एक अर्धनग्न युवती फुत्त प्रकट हुन्छिन् । गीतसँगै उनको शरीर चलमलाउन थाल्छ -‘याई रे याई रे जोर लगाके नाचे रे चल मेरा संग संग, लेले दुनियाँ के रंग होजा रंगीला रे ….।’

हुक्काको धुँवा र मदिरा मिश्रित गन्धले त्यहाँको माहौललाई थप मादक बनाउँछ । मञ्चमा ठडिएको पिलरमा समातेर ती नर्तकी ‘पोल डान्सर’कै हाउभाउमा प्रस्तुत हुन्छिन् । मञ्चतर्फ फर्काएर ठाउँ-ठाउँमा सोफा राखिएको छ, जहाँ तन्नेरीहरु रसिक मुडमा बसेका छन् । गीतको भाका हाल्दै उनीहरु पनि बसीबसी नाच्छन् । उनीहरुको अघिल्तिर काँचको टेबलमा मदिरा, हुक्कासँगै पैसाको खात छ । नर्तकी जति-जति कामुक भावभंगीमा पेश हुन्छिन्, उत्तिउत्ति मञ्चमा पैसाको वर्षा हुन्छ ।

एक पुरुष सोफाबाट नाच्दै उठ्छन् । नर्तकीलाई आफूनजिक आउन ईशारा गर्छन् । नर्तकीको हातमा समाएर केही क्षण नाच्छन् । त्यसपछि टेबलका केही पैसा नर्तकीको टाउकोमा घुमाएर हुर्‍याउँछन् । उनका साथीहरु जोडले हुटिङ गर्छन् । नजिकैको अर्को सोफामा दुई जोडी युवायुवती रमाइरहेका छन् । त्यसमध्ये छोटो वानपिस लगाएकी युवती बेपर्वाह पैसा उडाइरहेकी छन् । टेबलको मदिरा, हुक्का र स्न्याक्स छाडेर उनी नाच्न तम्सिएकी छन् । घरीघरी मञ्चमा उक्लन समेत खोज्छिन् । तर, उनको खुट्टा लर्बराउँछ । मञ्चमा नाचिरहेका पुरुषलाई बोलाउँछिन् । केही क्षण विन्दास पारामा नाच्छिन् । अनि उमंगमय भावमा पैसा हुर्‍याउँछिन् ।

‘दाइ, हामी पनि त्यहाँ बसौं ?’ फिटिङ्स जिन्स र टिसर्ट लगाएकी, अनुहारमा बढी नै मेकअप गरेकी, अन्दाजी २२-२५ वर्षकी युवती विनम्रताका साथ सोध्छिन् । एक भुक्तभोगी साथी कानेखुसी गर्छन्, ‘यिनीहरुलाई यहाँ बस्न दियो भने वियर र हुक्का खाएरै गोजी रित्याइदिन्छन् ।’ ती युवती जोर-जबर्जस्ती गर्दिनन् । खिन्न हुँदै बारतर्फ गएर साथीहरुसँग छिल्लिन थाल्छिन् । दर्जन जति सोफा र क्याबिन राखिएका छन् । वेटरहरु कालो र सेतो सर्टमा तैनाथ छन् । आधा दर्जन हाराहारी युवती स्कर्ट, वानपिस र फिटिङ जिन्समा ठाँटिएर ग्राहकको ‘स्वागत’ गरिरहेका छन् । युवा-युवतीको अर्को जत्था छ, जो रसिला हाउभावमा रंगीला नृत्य देखाइरहेका छन् ।

महानगरको रात्रीजीवनमा रमाउन को आउँछन् ? शहरिया किशोर-किशोरी ? पैसावाल तन्नेरी ? धनाढ्यका सन्तान ? व्यापारी ? एक भुक्तभोगी सुनाउँछन्, ‘सबैखाले हुन्छन् । तर, धेरैजसो चाहिं ३०-४० उमेरका वयस्क देखिन्छन् ।’ धेरैजसो बेलामौकामा मात्र यो खर्चिलो रात साट्न आइपुग्छन् । खासगरी सप्ताहन्तमा । केही भने नियमित रुपमै रात्रीजीवनमा हेलिन रुचाउँछन् । ‘एलओडीमा एउटै टेबलको, एक रातमा दुई-तीन लाख तिर्नुपर्छ,’ उनी थप्छन्, ‘कुनै रात त्यो टेबल खाली हुँदैन । एक रातमै लाखौं उडाउँछन् ।’

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

घरमा मनी प्लान्ट लगाउनुका फाइदा
जीवन शैली

घरमा मनी प्लान्ट लगाउनुका फाइदा

रात्रि व्यवसाय सञ्चालनको समयसीमा हट्यो
जीवन शैली

रात्रि व्यवसाय सञ्चालनको समयसीमा हट्यो

नेपालकै अचम्मको व्यक्ति- श्रीमतीले छोडेपछि कुकुर र गाईवस्तुसँगै सुत्छन्
जीवन शैली

नेपालकै अचम्मको व्यक्ति- श्रीमतीले छोडेपछि कुकुर र गाईवस्तुसँगै सुत्छन्

लिभिङ टुगेदरमा बस्न केटा चाहियो भन्दै रमिला कार्की मिडियामा
जीवन शैली

लिभिङ टुगेदरमा बस्न केटा चाहियो भन्दै रमिला कार्की मिडियामा

पसिनाको गन्ध हटाउन ४ घरेलु उपाय
जीवन शैली

पसिनाको गन्ध हटाउन ४ घरेलु उपाय

रिभेन्ज पोर्न : यौन हिंसाको नयाँ रुप, महिलाहरु जोखिममा
जीवन शैली

रिभेन्ज पोर्न : यौन हिंसाको नयाँ रुप, महिलाहरु जोखिममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

९ मंसिर २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

९ मंसिर २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

९ मंसिर २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

९ मंसिर २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

९ मंसिर २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

९ मंसिर २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.