काठमाडौं । बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमको कारणले अबदेखि काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न नपाइने भएको छ।
मंगलबार बसेको काठमाडौं उपत्यकाकाका तीनै प्रमुख जिल्लाहरूको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्मका लागि यस्तो निर्णय गरेको हो । सभा सम्मेलन गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ। माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठनमा रोक लगाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन्।
यस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ। पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाएर परीक्षा संचालन गर्ने निर्णय पनि गरिएकाे छ।