१५ चैत, काठमाडौं । वीर अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बहादुर बस्नेतले अब रगतसँग सम्बन्धित रोगहरुको निःशुल्क उपचार सेवा शुरु भएको बताए । उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए ।
उनले भने, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अपरच्युनिटी पाएका छौँ । त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो । यसमा रगत र रगतसँग सम्बन्धित धेरै रोगहरुको उपचार निःशुुल्क हुन्छ ।’
त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. निरज कुमार सिंहले भने, ‘आजबाट वीर अस्पतालमा हामीले नयाँ सर्भिस शुरु गरेका छौँ । यो नेपालमा पहिलो चोटि हो । यो रगतजन्य रोगहरु जस्तो वंशानुगत रोगहरु, आमाबुबाबाट छोराछोरीमा सर्ने रोग त्यो सर्भिसको निःशुल्क उपचार सेवा शुरु गरेका छौँ ।’