घरमा रोपिएका बिरूवाहरू निकै सुन्दर र आकर्षक भएर यिनीहरुले वातावरणलाई पनि शुद्ध राख्छन् । मनी प्लान्टलाई भने घरमा लगाउनु वास्तु अनुसार पनि निकै फाइदाजनक हुन्छ ।
मनी प्लान्टले घरको सौन्दर्य बढाउने काम गर्छ र दिमाग पनि स्वच्छ बनाउँछ। वास्तुका अनुसार यसलाई धनकी देवी लक्ष्मीको रूप मानिन्छ । मनी प्लान्ट जति ठूलो र हरियाली हुन्छ त्यति नै घरमा धन आउने जनविश्वास छ ।
घरमा झगडा हुँदा मनी प्लान्ट रोप्नु शुभ मानिन्छ । परिवारका सदस्यहरूमा सम्मानको भावना राख्नुका साथै माया बढाएर खुसीयाली ल्याउँछ । यसले वास्तु दोष पनि हटाउँछ र घरमा सकारात्मकता फैलाउँछ ।