भक्तपुर । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेशनल नेपाल प्रा.ली.ले आज भक्तपुरमा आयोजना गरेको पालिकाको पाँच वर्षे बिकासमा संचारकर्मीको भूमिका एवं सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त यशोधा तिमल्सिनाले सुचनाको हककोबारेमा जानकारी दिदै प्रत्येक पालिकाले सूचना माग्न आएका व्यक्तिलाई सूचना दिनु पर्ने बताउनु भयो । उहाँले सूचनाको हककाबारमा अझै कर्मचारीले जान्नु पर्नेमा जोड दिदै पत्रकारले सूचनाको हकलाई प्रयोगगर्नु पर्ने औल्याउनु भयो । उहाँले कुखुरा चोर पनि पत्रकार हुने नेपालको प्रबृत्ति हटाउन पर्नेमा जोड दिदै पत्रकार बन्नका लागि कम्तीमा स्नातक तह उतीर्ण हुनु पर्ने र लाइसन (अनुमति पत्र( अनिवार्य लिनु पर्ने व्यबस्था गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले निर्वाचन पछि नयाँ आउने जनप्रतिनिधिले विगत पाँच वर्षका भएका राम्रा कामलाई निरन्तरता दिनु पर्ने र नराम्रा कामलाई छाडेर जानु पर्नेमा जोड दिनु भयो ।