६ बैशाख, काठमाडौं । सर्वोच्च नेता गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि काठमाडौंको बसन्तपुरमा सुरु हुँदैछ ।
प्रतियोगिता संयोजक राजीव श्रेष्ठको अनुसार पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१ र ९१ केजी गरी सात वटा तथा महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९ र ७०—७५ गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ गरी ३ विभागबाट एवं ७ प्रदेशबाट १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रा हुने दुई खेलाडी प्रत्येकले ७ हजार ५ सय रुपैयाँ परस्कार पाउनेछन् ।