ढाका । सन् २०१३ को २४ अप्रिलमा वंगलादेशको राजधानी ढाकामा राना प्लाजा नामक ८ तले भवन भत्किएको थियो । यसमा १,१३४ जनाको मृत्यु भएको थियो भने २,५०० जनालाई जीवितै उद्धार गरिएको थियो ।
वंगलादेशको कपडा निर्माता र निर्यात संघका अनुसार त्यहाँ त्यतिबेला ३,१२२ जना मजदुर थिए । उक्त भवनमा कपडा कारखानाहरु सञ्चालित थिए ।
अघिल्लो दिन भवनमा दरार देखिएर सरोकारवालाहरुले चेतावनी दिदा पनि कपडा कारखानाका कामदारहरुलाई भोलिपल्ट काममा आउन भनिएको थियो ।