१३ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी—२० क्रिकेट लिगको घोषणा गरेको छ ।
यसलाई नेपाली खुलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषदले पनि मान्यता दिएको छ । लिगको मिति भने सार्वजनिक भएको छैन । प्रतियोगिताका लागि क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच बार्षिक ३ करोड ९० लाख रुपैयाँको सम्झौता भएको छ । लिगमा विदेशी खेलाडीका टोलीको पनि सहभागिता रहनेछ ।
युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजले लिगले रोजगारी सृजना गरी पर्यटन विकास गर्ने बताउनु भएको छ । क्यानका अध्यक्ष्य चतुर बहादुर चन्दले पनि यो प्रतियोगिताले नेपाली क्रिकेटको स्तर माथि उठ्न सहयोग पुग्ने खुलासा गर्नु भएको छ ।