१५ बैशाख । विश्व महिला बक्सिङ च्याम्पियनसिप मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुलमा हुँदैछ ।
उक्त च्याम्पियनसिपमा नेपालबाट ४८, ५२, ५७ र ६० केजी तौल समूहमा ४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सहभागि यी ४ खेलाडीमध्ये पुनम रावलले कास्य पदक जितेकी थिईन् । उक्त पदक नेपालको तर्फबाट १२ वर्षअघि दिपक महर्जनले जितेका थिए ।
विश्व च्याम्पियनसिपमा ८३ देशका ३९२ खेलाडीले नाम दर्ता गरिसकेका छन् । यसमा स्वर्ण विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।