Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

के हो अटिजम रोग ? अटिजम हुन नदिन के गर्ने !

अपडेट by अपडेट
२० बैशाख २०७९
0
SHARES
25
VIEWS
FacebookTwitter
के हो  अटिजम रोग ?  अटिजम हुन नदिन के गर्ने !

काठमाडौँ। बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।”

यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरु कक्षामा पनि आफ्ना अरु साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् ।

परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ । तर यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ ।

अटिजमसम्बन्धी समाजको यही गलत बुझाइलाई चिर्न तथा समाजमा यो समस्याको पहिचान र निदान गर्न भ्वाइस अफ ओमन नामक संस्थाले विविध चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

भ्वाइस अफ नेपालले अटिजम निको नहुने रोग होइन भन्ने चेतनाका साथै यसलाई समाधान गर्न सकिने उपायका बारेमा घरपरिवार, शिक्षक र समाजमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको सदस्य मोनिका मानन्धर श्रेष्ठ बताउनुहुन्छ ।

विश्व स्वस्थ्य सङ्गठनको मान्यतामा प्रत्येक ६४ जनामध्ये एक जनामा कुनै न कुनै अटिजमको लक्षण रहेको हुन्छ । तर नेपालमा भने अहिलेसम्म यो समस्याका बालबालिका के–कति छन् भन्ने तथ्याङ्क भेटिँदैन ।

फरक क्षमता भएका यस्ता व्यक्तिका लागि विशेष खालको व्यवहार आवश्यक पर्दछ । साथै घरपरिवार तथा समाजले सकारात्मक दृष्टिकोण राख्ने हो भने यो समस्या धेरै सहज हुने बुझाइ श्रेष्ठको छ । उहाँका अनुसार अटिजमका बारेमा परिवारका सदस्यहरू पनि खुल्नुपर्छ र आफ्ना घरपरिवारमा यस्तो समस्या भएका बालबालिका भएमा उनीहरूको समस्या समाधानका लागि लाग्नुपर्छ ।

परिवारका सदस्यहरूले वास्तविकतका नबताइदिँदा वास्तविक तथ्याङ्क सङ्कलन हुन नसकेको सम्बद्ध क्षेत्रमा लागेका व्यक्तिहरूको भनाइ छ । समाजमा यी व्यक्तिको अवस्था र सङ्ख्या नै पहिचान हुन नसक्दा यस विषयमा राज्यले नीति बनाउन पनि कठिनाइ हुने गरेको बताइन्छ ।

श्रेष्ठका अनुसार पछिल्लो समयमा परिवारका सदस्यहरू पनि विस्तारै खुल्दै गएका छन् । परिवारका सदस्यहरू खुल्दा भित्रभित्रै गुम्सिएका धेरै पिरमर्का पनि हल्का हुने गर्दछ । यसरी कुनै पनि समाजमा समस्या खुलेर बाहिर आयो भने त्यसको समाधान पनि सहज बन्दै जानेछ ।

नेपाली समाजमा अहिले कतिपय अभिभावकहरू आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा समस्या झनै थुप्रिएर रहने गरेको र यसले बाबुआमा नै डिप्रेसनमा जाने गरेको पनि देखिएको छ । आफ्ना सन्तानको भविष्यको पिरले गर्दा अभिभावक पनि प्रताडित भएको पाइने गर्दछ । जसका कारण परिवार नै विखण्डनतिर जाने गरेको देखिएको छ ।

यस्ता बालबालिकाको थेरापीबाट उपचार गरे सहज हुने गर्दछ । समान्यतया सातामा तीनपटक थेरापी गराउने हो भने बालबालिकालाई धेरै नै सहज हुने र यसले जीवनमा परिवर्तन ल्याउने अनुभव धेरै अभिभावकको छ ।

आगामी शनिबार, (मे ७) मा भ्वाइस अफ नेपालले २५० भन्दा बढी महिलाको सहभागितामा सोल्टीमोडबाट काठमाडौँका विभिन्न स्थानसम्म स्कुटर ¥यालीको आयोजना गरेको छ । यसमार्फत पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । सो ¥यालीमा प्रायः आमा र शिक्षिकाहरू सहभागी हुने र उनीहरुले अटिजमबारे जानकारी लिएर घरपरिवार र समाजमा विस्तार गर्ने अपेक्षा गरिएको उक्त संस्थाले जनाएको छ ।

अटिजमका सामान्य लक्षण

बालबालिकामा देखिने केही सामान्य लक्षणबाट उनीहरूमा रहेको अटिजम थाहा पाउन सकिन्छ । एक्लै खेल्न मन पराउने, आँखा जुधाउन नसक्ने, अस्वाभाविकरूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफू समान उमेरसमूहका साथीसँग घुलमिल हुन मन नपराउने, घाउचोट लाग्दा दुखाइ महसुस नहुने अटिजमका सामान्य लक्षण हुन् ।

अटिजम भएका बालबालिकाले सामान्य दुखाइ हुँदा चिच्याएर रुने कराउने गर्छन् । यसबाहेक उनीहरूले साङ्केतिक भाषाको प्रयोग गर्न सक्दैनन् । उनीहरुमा उमेरअनुसार बौद्धिक क्षमता पनि उत्कृष्ट हुँदैन । सामान्यभन्दा कुनै ठूलो आवाज सुन्दा कान थुन्छन् र झर्को लागेजस्तो व्यवहार देखाउँछन् । यस्ता बालबालिकालाई सामान्य शिक्षण विधिबाट पठनपाठन गराउन सकिँदैन ।

अटिजम हुन नदिन के गर्ने ?

आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ । उनीहरुलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ । किनकि जति छिटो बच्चाको अवस्था थाहा हुनसक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ ।

अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस्तो बेला बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ ।

अटिजमको उपचार

अटिजमको कुनै औषधि छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो ।

अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ ।

यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरु रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ ।–रासस

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु
स्वास्थ्य

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग
समाचार

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु
समाचार

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी
स्थानीय

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त
समाचार

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम
समाचार

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

२० बैशाख २०७९
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

२० बैशाख २०७९
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

२० बैशाख २०७९
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

२० बैशाख २०७९
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

२० बैशाख २०७९
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

२० बैशाख २०७९
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.