Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

अपडेट by अपडेट
९ असार २०७९
0
SHARES
16
VIEWS
FacebookTwitter
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीकाे आयोजनामा चितवन जिल्लाकाे इच्छाकामना गाउँपालिका वडा नं.६ काे कालिखाेलास्थित चेपाङ्ग बस्तिमा रहेको देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा ६ सम्म अध्ययन गरिरहेका १४३ जना बिद्यार्थीहरूका लागि ट्र्याकसुटकाे सेट, किताब तथा स्टेशनरी सामानहरू हस्तान्तरण गरिएको छ ।

क्लबले उक्त सामाग्रीहरू स्थानीय अभिभावक, स्कूलका बिद्यार्थीहरू, वडा नं.६ का पूर्व वडाध्यक्ष तथा शिक्षकहरूको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक ज्ञानुदेवी पाण्डेलाई हस्तान्तरण गरेको हाे । राज्यले पिछडिएको तथा सिमान्तकृत जातीको रूपमा अंगिकार गरेको चेपाङ्ग समुदायका बालबालिकाले अध्ययन गर्ने गरेको उक्त बिद्यालयमा हाल जम्मा १४३ जना बिद्यार्थीहरू रहेको जसमा १ जना गुरूङ्ग थरका र २ जना परियार थरकाबाहेक अन्य सम्पूर्ण बिद्यार्थीहरू चेपाङ्ग समुदायका रहेको बताइएको छ ।

लायन्स क्लब अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजुु खड्का, बर्तमान प्रेसिडेन्ट लायन प्रेमकृष्ण श्रेष्ठ, लायन नारायण गिरी तथा लायन अनिल महर्जनसहित लियो क्लब अफ अव्वल भ्यालीका सदस्यहरू अमृत थापा, आशिष भण्डारी र नबिल हसनकाे टाेलिले उक्त सामाग्री बिद्यालयमै लगेर हस्तान्तरण गरेको थियो । छाेटाे रूपमा आयोजना गरिएको कार्यक्रममा बाेल्दै चार्टर प्रेसिडेन्ट राजु खड्काले जहां जहनं आवश्यकता देखिन्छ, लायन्स साथीहरू त्यहाँ त्यहाँ उपस्थित हुने र आफ्नो गच्छेले भ्याउने सहयोग गर्ने गरेको बताउनु भयो । आफ्नो केटाकेटीकाे अध्ययनमा आफैले व्यवस्थापन गर्न नसक्ने चेपाङ्ग समुदायका बालबालिका पढ्ने उक्त स्कुलमा बिगत ४/५ वर्षदेखि त्यहाँको आवश्यकतालाई हेरेर नियमित सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोगकाे निरन्तरता रहने बताउनुभयो । उक्त कार्यक्रममा वितरण गरिएको ट्याकसुट निर्माणमा नेपालका शैक्षिक परामर्श केन्द्रहरूकाे छाता संगठन ECAN काे विशेष सहयोग रहेको बताइएको थियो ।

बर्तमान प्रेसिडेन्ट लायन प्रेमकृष्ण श्रेष्ठ, लायन नारायण गिरी तथा अभिभावककाे तर्फबाट पूर्व वडाध्यक्षसमेतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमकाे संचालन स्कुलका प्रधानाध्यापक ज्ञानुदेवी पाण्डेले गर्नुभएको थियो । प्रधानाध्यापक ज्ञानुदेवी पाण्डेले यस प्रकारको निरन्तर सहयोगका लागि लायन्स तथा लियो क्लव अफ अव्वल भ्याली परिवार एवं ECAN परिवारलाई हार्दिक धन्यवाद प्रदान गर्दै लामो दुरीबाट स्कुल आउने गरेका बालबालिकाहरूलाई पाइन्ट स्याहार्दै आउन असहज भइरहेको स्थितिमा ट्र्याकसुटकाे पहिरण अत्यन्तै सहज हुने हुंदा यसलाई स्कुलकाे नियमित पाेशाक(dress) काे रूपमा प्रयोग गरिने बताउनुभएको थियो ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।
समाचार

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।
समाचार

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।
समाचार

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

Pokhara Regional Int’l Airport to Operate Soon
समाचार

Pokhara Regional Int’l Airport to Operate Soon

‘No Horn’ Policy
समाचार

‘No Horn’ Policy

नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।
Uncategorized

नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

महावुमा श्रद्धालु

महावुमा श्रद्धालु

९ असार २०७९
अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

९ असार २०७९
विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

९ असार २०७९
महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

९ असार २०७९
नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद

९ असार २०७९
महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

९ असार २०७९
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.