एमालेले मात्र मिसन ८४ सफल पार्छ, अब राजनीतिले नयाँ मोड लिनेछ : केपी ओली

नयाँ आवाज
३ जेठ २०८१ ११:४८

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेपालको राजनीति ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् । बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताए । ‘नेपालको राजनीतिले नयाँ मोड लिनु पर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौ’, ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’

यसअघि बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण नभएको बताएका थिए । ‘यो कांग्रेसको मात्रै संसद् हो, कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, चल्दैन भोलिबाट’, उनले भने, ‘कांग्रेसलाई बोल्न दिइँदैन अब, पहिले रवि लामिछाने बोल्न पाउनुपर्छ, होइन भने हामी बोल्छौँ ।’



प्रतिक्रिया