प्रि–बुकिङमा कल्कीले तोड्यो आरआरआरको रेकर्ड

नयाँ आवाज
३१ जेठ २०८१ ११:५०

दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म कल्की २८९८ एडीको ट्रेलर रिलिज भइसकेको छ । फिल्म यही जुन २७ मा हलहरूमा रिलिज हुँदैछ । फिल्मको प्रि–बुकिङ पनि सुरु भइसकेको छ । प्रि–बुकिङमा कल्कीले आरआरआरको रेकर्ड तोडेको छ ।

मिडिया रिपोर्ट्सका अनुसार कल्की २८९८ एडीले रिलिज पूर्व विदेशमा धमाधम पैसा कमाइरहेको छ । उत्तर अमेरिकामा फिल्मले एसएस राजामौलीको निर्देशनमा बनेको आरआरआरको रेकर्ड तोडेको छ । कल्की प्रि–बुकिङमा सबैभन्दा छिटो १० लाख डलर कमाउने फिल्म बनेको छ । यसअघि यो रेकर्ड आरआरआरको नाममा थियो ।

कल्की २८९८ एडी नाग अश्विनको निर्देशनमा बनेको फिल्म हो । यसमा प्रभासबाहेक दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, पशुपति, शोभना, ब्रह्मानन्दम र राजेन्द्र प्रसाद समेतका कयौँ कलाकारको अभिनय रहेको छ ।



प्रतिक्रिया