सत्ता बहिर्गमन निकट रहेको माओवादीले बोलायो संसदीय दलको बैठक

नयाँ आवाज
२७ असार २०८१ ११:५५

 सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दल बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा दिउँसो २ बजेपछि बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

ठूला दल नेपाली कांग्रेस र एमाले मिलेपछि अल्पमतमा परेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ जेठमा संसदमा विश्वासको मत लिँदैछन् । त्यसअघि सरकार संविधानको कुन धाराअनुसार गठन हुने भन्नेमा विवाद देखिएको छ ।

 



प्रतिक्रिया