सडक डिभिजनले खाडल नपुरेपछि स्थानीयले रोपे केरा

नयाँ आवाज
२७ असार २०८१ १२:०६

दाङ- पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा परेको खाडल सडक डिभिजन कार्यालयले नपुरेपछि पाखापानीमा नागरिकले बीच सडकमा बिरुवा राेपेका छन्।

राप्ती गाउँपालिका वडा नं १ का स्थानीयले दबाव दिन राजमार्गमा केरा र फुलकाे बिरूवा राेपेका हुन्।

गत हप्तादेखि परेकाे वर्षाले राजमार्गमा खाडल परेकाे थियाे।

दुर्घटनाको जाेखिम बढेकाे भन्दै सडक डिभिजन कार्यालय दाङलाई दवाव दिन केरा राेपेका हुन्।



प्रतिक्रिया