अचानक किन फेरीए महेश बस्नेत ? ओलीलाई नै लगाए यस्तो आरोप

काठमाण्डौ । नेकपाका नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रभावशाली नेता हुन् । उनी प्रधानमन्त्री ओलीसंग ब्यक्तिगत रुपमा पनि निकै नजिक छन् । उनलाई ओलीको छोरा भनेर पनि चिनिन्छ । बस्नेतले ओलीलाई बा भनेर सम्बोधन गर्छन । तर उनी पनि प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधिवाट संतुष्ट छैनन् ।

सार्वजनिक रुपमा बस्नेतले पनि ओलीको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री ओलीको अरुको कुरा सुन्दै नसुन्ने बानी, सबैलाई पेलेरै लैजान खोज्ने प्रवृत्तीका कारण मुलुक अप्ठेरोमा परेको बताएका छन् । आफुले मान्दै आएको नेता ओलीलाई नै नेकपा फुट्नुको मुख्य कारकको उपमा दिएका छन् ।

नेता बस्नेतले भनेका छन्,‘पार्टीमा जर्बजस्ती आफ्ना मात्रै भनाई र विचारहरु लादेर पार्टी अघि बढ्नै सक्दैन । केपी ओलीमा त्यो दम्भ छ । उहाँ एकदमै अटेरी हुनुहुन्छ, कसैका कुरा सुन्नु हुँदैन, सबैलाई पेलेर नै लैजान सक्छु भन्ने भावना छ, जे मन लाग्यो त्यही गर्नु हुन्छ ।’

उनले नेता बस्नेतले प्रचण्ड र माधव नेपाल र झलनाथ खनालका बारेमा पनि टिप्पणी गरेका छन् । जे जे चाहिएको हो सबैले मिलेर बाँडेर लिए हुन्छ हामीलाई केही चाहिएको छैन तर पार्टी फुटाउन पाइदैन । जनताले २ तिहाई दिएर पठाएको नेकपा फुट्नुमा केपी ओली, प्रचण्ड र माधवको धेरै ठूलो हात भएको उनले बताएका छन् ।

नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई पार्टीका निम्ति आफ्ना चरित्र र छवी नसुधारे उनका विरुद्ध आन्दोलन गरिने पनि चे ता व नि दिएका छन् ।

नेता बस्नेतले यो कुरा गएको दुईदिनमा आफुलाई उनका निकट साथीहरुले र कार्यकर्ताहरुले फोनमा रुँदै पार्टीकालागी तपाईँले आफ्नो तर्फबाट केही गर्नु पर्यो, पार्टी फुट्नबाट जोगाउनु पर्यो भनेर फोनबाट भनेपछि यो विषय निकै नै ग म्भि र भएको महसुस गरेर भनेको बताए ।

उनले पार्टी जोगाउनकोलागी केपी ओली, प्रचण्ड र माधव कुमार नेपाल तीनै जना नेताहरु एकै ठाउँमा बसेर आफुहरुबीचको बै म न स्यतालाई तो ड्दै एकता प्रकृयामा अघि बढ्न सुझाव दिएका छन् ।

स्राेतः ताजा खबर

Share post:

Recent