मोरङको उर्लाबारीमा घटेको घट नाका सम्बन्धमा गठित समितीले घट नाको छानविन प्रतिवेदन बुझाएको जनाइएको छ ।उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला ह त्या सम्बन्धमा डिएसपी मानबहादुर राईको नेतृत्वको समितिले सोमबार छानविन सकेर प्रतिवेदन बुझाएको जनाइएको छ ।
यसअघि मृतकका आफन्तले प्रहरीको सेटिङमै प्रविणको मृ त्यु भएको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसपछि एसपी राईद्वारा गठित समितिले यस घटनाको सन्दर्भमा भने ‘फरक व्यक्तिको फोटो परेको’ निचोड निकालेको जनाइएको छ ।
फोटो प्रिन्ट गरेर अन्तिम समयमा मिसिलमा राख्ने बेलामा एउटा फोटोचाहिँ फरक मान्छेको परेको र दुईवटा पेजमा बाँस्तोलाको र एउटा फोटोचाहिँ करेन्ट लागेको मान्छे परेको देखिएको समितिको अनुसन्धानमा उल्लेख रहेको छ ।
यसरी फरक फोटो पर्नुलाई समितिले ‘मानविय त्रुटी’ भएको प्रतिवेदनमा उल्लेख गरेको जनाइएको छ । पुस ५ गते अनुसन्धान सुरु गर्दा प्रहरीले बाँस्तोलाको फोटो खिचेको र त्यहिबेला उर्लाबारीमा करेन्ट लागेर अर्को व्यक्तिको पनि मृ त्यु भएको प्रहरीले जनाइएको छ ।
यसरी यी दुई फरक प्रकृतिका घट्नाको फोटो मिसिलमा राख्ने बेला फरक भएको देखिएको प्रतिवेदनमा भनिएको छ । पुस ४ मा साथिको डेरामा सुतेका प्रविणको राती ह त्या भएको थियो । तर, भोलिपल्ट अस्पताल लगिएका उनलाई डाक्टरले मृ त घोषण गरेको थियो ।यसैगरी समितीको प्रतिवेदनले बाँस्तोलाले मदिरा पिएको हुनाले बल गर्न नसक्दा सिरकले नाक–मुख थुनेर ह त्या गरिएको भनेको छ ।