काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको छ । वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।
‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।
यसै क्रममा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले सामाजिक संजाल मार्फत आफ्नो धारण राख्दै भनेकी छन्, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गरेका थिए । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
कमरेडहरु ,कठोरताको पराकाष्ठाको रुप कस्तो हुँदोरहेछ देखियो । सरकारको दुई वर्षको कार्यकाल पछि देखियो निर्मम दृश्यहरु । सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कमजोरीहरु खोज्दै हिंड्ने , मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने , नभएको मिथ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला । जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनिहरुलाइ हाम्रै कमरेडहरुबाट हतोत्साही बनाउने काम भयो ।
त्यो पिडा खेप्ने मध्येको म एक हो । मेरो कुनै स्वार्थ थिएन , पार्टीको सबल पक्षको प्रचार गर्ने , नेतृत्वको सबल पक्षको प्रचार गर्ने , सरकारको राम्रो कामको प्रचार गर्ने यो काम सबैले गरेको भए सबैको हित र आन्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें , आज मात्रै होईन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।
कमरेडहरु, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ । पार्टी एकीकरण पछि तिन वर्ष संगठन चलेन । भक्तपुर , धरान र चितवनको प्रदेश ,र स्थानीय तहको उपनिर्वाचनको परिणामले बतायो की , एकताले फाईदा होईन नोक्सान गर्यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन । हाम्रा आदरणीय नेताहरू समेत निर्ममता पुर्वक सरकार र पार्टी अध्यक्षका विरुद्ध उभिनु भयो ।
त्यति मात्रै होईन पार्टीका अध्यक्षलाई साधरण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन । यी सबै तिता कुरा छोडौं , मलाई समेत कार्वाही गरेको पनि बिर्सिदिउँला । आज हामी सबै एमाले भएका छौं , प्र’सब पि’डाबाट मुक्त भएको अनुभुति भएको छ । अब कमरेडहरु , प्रचण्डले आज पनि एमाले फुटाउन उ’त्तेजित बनाउने गरि जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिंदै हुनुहुन्छ , अब बहकिन जरुरी छैन ।
आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कमरेडहरुको बीचमा बार्ता हुनु अत्यन्तै सकारात्मक कुरा हो , यसले सकारात्मक सन्देश पनि दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्राबीचमा हार्दिकता बढाएर जाउँ , चैत्र ७ गतेको बैठकमा आउनुहोस सबै समस्यालाई बिधिसम्मत हल गरौं र एकताबद्ध एमाले बनाऔं ।
माओवादी केन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्त भइ कम्युनिस्ट आन्दोलनको मुलधारमा रहन चाहनुहुन्छ , वहाँहरुलाइ सम्मान जनक तरिकाले सँगै बस्न आव्हान गरौं । अहिले कमरेड केपी ओलीकै नेतृत्वमा बैचारिक रुपमले सहमत भएर रहनुहुने कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिइएको कुरामा सबै सकारात्मक बनौं । विस्तारै सबै कुरा मिल्दै जानेछ , सल्लाह हुँदै जाँदा जिम्मेवारीको विषय पनि मिल्दै जानेछ । संयम बनौं , फेरि अधैर्य नबनौं ।
स्राेतः ताजा खबर